Ephesians 5:13-21

एफिसी 5:13-21 - तर ज्‍योतिद्वारा कुनै कुरा प्रकट गरिँदा त्‍यो प्रष्‍टै देखिन्‍छ। त्‍यो कुरा, जो प्रष्‍टै देखिन्‍छ, त्‍यो ज्‍योति हो। यसैले यस्‍तो भनिएको छ:
“ए निद्रामा परेकाहरू,
जाग र मरेकाहरूबाट उठ,
र ख्रीष्‍टले तिमीहरूलाई प्रकाश दिनुहुनेछ।”
यसैले कसरी हिँड्‌छौ ध्‍यानसँग हेर— निर्बुद्धि मानिसजस्‍तो होइन, तर बुद्धिमान्‌जस्‍तो। समयको पूरा सदुपयोग गर, किनकि दिन खराब छ। यसैकारण मूर्ख नहोओ, तर प्रभुको इच्‍छा के छ, सो बुझ। दाखमद्यले नमात्तिओ, कारण त्‍यो विलासिता हो, तर पवित्र आत्‍माले भरिपूर्ण होओ। एउटाले अर्कासँग भजन, गीत र आत्‍मिक गानमा बोल्‍दै र आफ्‍नो सम्‍पूर्ण हृदयले प्रभुको निम्‍ति गाउँदै र धुन निकाल्‍दै सधैँ सबै कुराका निम्‍ति हाम्रा प्रभु येशूको नाउँमा परमेश्‍वर पितालाई धन्‍यवाद चढ़ाओ।
ख्रीष्‍टको श्रद्धामा एक-अर्काको अधीनमा बस।

तर ज्‍योतिद्वारा कुनै कुरा प्रकट गरिँदा त्‍यो प्रष्‍टै देखिन्‍छ। त्‍यो कुरा, जो प्रष्‍टै देखिन्‍छ, त्‍यो ज्‍योति हो। यसैले यस्‍तो भनिएको छ: “ए निद्रामा परेकाहरू, जाग र मरेकाहरूबाट उठ, र ख्रीष्‍टले तिमीहरूलाई प्रकाश दिनुहुनेछ।” यसैले कसरी हिँड्‌छौ ध्‍यानसँग हेर— निर्बुद्धि मानिसजस्‍तो होइन, तर बुद्धिमान्‌जस्‍तो। समयको पूरा सदुपयोग गर, किनकि दिन खराब छ। यसैकारण मूर्ख नहोओ, तर प्रभुको इच्‍छा के छ, सो बुझ। दाखमद्यले नमात्तिओ, कारण त्‍यो विलासिता हो, तर पवित्र आत्‍माले भरिपूर्ण होओ। एउटाले अर्कासँग भजन, गीत र आत्‍मिक गानमा बोल्‍दै र आफ्‍नो सम्‍पूर्ण हृदयले प्रभुको निम्‍ति गाउँदै र धुन निकाल्‍दै सधैँ सबै कुराका निम्‍ति हाम्रा प्रभु येशूको नाउँमा परमेश्‍वर पितालाई धन्‍यवाद चढ़ाओ। ख्रीष्‍टको श्रद्धामा एक-अर्काको अधीनमा बस।

एफिसी 5:13-21

Ephesians 5:13-21