Ecclesiastes 4:9-16

एकभन्दा दुई असल हो, किनभने तिनीहरूले आफ्नो कामको असल फल पाउनेछन्। यदि एउटा लोट्यो भने त्यसको मित्रले त्यसलाई उठाउन सहायता गर्छ। तर लोट्दा पनि उठाउने कोही साथी नहुने बिचरा! त्यस्तै यदि दुई जना सँगै सुते भने ती न्याना हुन्छन्, तर एकलै त कसरी न्यानो हुने? एक जनालाई कसैले जित्ला, तर दुई जनाले त आफ्ना सुरक्षा गर्न सक्छन्। तीन सूतले बाटेको डोरी चाँड़ै चुँडिँदैन। चेताउनी नलिने वृद्ध तर मूर्ख राजाभन्दा निर्धन तर बुद्धिमान् युवक अझ उत्तम हो। त्यो युवक झ्यालखानबाट निस्केर राजा हुन पुगेको होला, वा त त्यो आफ्नो राज्यमा निर्धन जन्मेको होला। मैले के देखें भने सूर्यमुनि जिउने र हिँड्डूल गर्ने सबै राजाको उत्तराधिकारी त्यही युवकको पछि लागे। तिनीहरू अघिका सबै मानिसहरूको कुनै अन्त्य थिएन, तर जो तिनीहरूपछि आए उनीहरू त्यस उत्तराधिकारीसँग प्रसन्न भएनन्। यो पनि व्यर्थ हो, र बतासलाई खेदेको जस्तो मात्र हो।
उपदेशक 4:9-16