Colossiens 1:12-17

कलस्सी 1:12-17 - ज्‍योतिमा सन्‍तहरूका उत्तराधिकारका सहभागी हुन हामीलाई सक्षम तुल्‍याउनुहुने पितालाई धन्‍यवाद चढ़ाओ। उहाँले हामीलाई अन्‍धकारको राज्‍यदेखि छुटाउनुभयो, र आफ्‍ना प्रिय पुत्रको राज्‍यभित्र हामीलाई सार्नुभएको छ। उहाँमा हाम्रो उद्धार, अर्थात्‌ पापको क्षमा छ।

उहाँ अदृश्‍य परमेश्‍वरको प्रतिरूप, सारा सृष्‍टिका ज्‍येष्‍ठ हुनुहुन्‍छ, किनकि उहाँमा नै सबै थोक सृष्‍टि भएका थिए। स्‍वर्गमा र पृथ्‍वीमाथि भएका दृश्‍य र अदृश्‍य थोकहरू, चाहे सिंहासनहरू, चाहे प्रभुत्‍वहरू, चाहे प्रधानताहरू, चाहे अधिकारहरू, सबै थोक उहाँद्वारै र उहाँकै निम्‍ति सृजिएका हुन्‌। उहाँ नै सबै कुराभन्‍दा अगाडि हुनुहुन्‍छ, र उहाँमा नै सबै कुरा बाँधिएर रहेका छन्‌।

ज्‍योतिमा सन्‍तहरूका उत्तराधिकारका सहभागी हुन हामीलाई सक्षम तुल्‍याउनुहुने पितालाई धन्‍यवाद चढ़ाओ। उहाँले हामीलाई अन्‍धकारको राज्‍यदेखि छुटाउनुभयो, र आफ्‍ना प्रिय पुत्रको राज्‍यभित्र हामीलाई सार्नुभएको छ। उहाँमा हाम्रो उद्धार, अर्थात्‌ पापको क्षमा छ। उहाँ अदृश्‍य परमेश्‍वरको प्रतिरूप, सारा सृष्‍टिका ज्‍येष्‍ठ हुनुहुन्‍छ, किनकि उहाँमा नै सबै थोक सृष्‍टि भएका थिए। स्‍वर्गमा र पृथ्‍वीमाथि भएका दृश्‍य र अदृश्‍य थोकहरू, चाहे सिंहासनहरू, चाहे प्रभुत्‍वहरू, चाहे प्रधानताहरू, चाहे अधिकारहरू, सबै थोक उहाँद्वारै र उहाँकै निम्‍ति सृजिएका हुन्‌। उहाँ नै सबै कुराभन्‍दा अगाडि हुनुहुन्‍छ, र उहाँमा नै सबै कुरा बाँधिएर रहेका छन्‌।

कलस्सी 1:12-17

Colossiens 1:12-17