2 Corinthians 5:15-18

२ कोरिन्थी 5:15-18 - उहाँ सबैका निम्‍ति मर्नुभयो, ताकि बाँच्‍नेहरू अब उसो आफ्‍नै निम्‍ति बाँच्‍ने होइन, तर उहाँको निम्‍ति बाँचून्, जो तिनीहरूका खातिर मर्नुभयो, र फेरि जीवित पारी उठाइनुभयो।
यसरी अब उप्रान्‍त हामी कसैलाई मानिसको दृष्‍टिकोणले हेर्दैनौं। हामीले ख्रीष्‍टलाई एक समय मानिसको दृष्‍टिकोणले हेरेका थियौं, तर अब उप्रान्‍त उहाँलाई त्‍यसरी हेर्नेछैनौं। यसकारण कोही ख्रीष्‍टमा छ भने त्‍यो नयाँ सृष्‍टि हो। पुरानो बितिगएको छ, हेर, नयाँ आएको छ। यो सब परमेश्‍वरबाट भएको हो, जसले हामीलाई ख्रीष्‍टद्वारा आफूसँग मिलापमा ल्‍याउनुभयो, र हामीलाई मिलापको सेवा दिनुभयो
2 Corinthians 5:15-18