1 Timothy 2:4-7

सबै मानिसहरूले मुक्ति पाऊन् र तिनीहरू सत्यको ज्ञानमा आऊन् भन्ने इच्छा उहाँ गर्नुहुन्छ। किनकि परमेश्वर एउटै हुनुहुन्छ, परमेश्वर र मानिसहरूका बीचमा मध्यस्थ पनि एउटै हुनुहुन्छ— मानिस, ख्रीष्ट येशू। उहाँले सबैका छुटकाराका मोलको निम्ति आफैलाई सुम्पिदिनुभयो, जुन कुराको गवाही ठीक समयमा दिइयो। यसको खातिर म प्रचारक र प्रेरित नियुक्त भएँ, र विश्वास र सत्यतामा अन्यजातिहरूका निम्ति चाहिँ शिक्षक। म साँचो भन्दछु, म ढाँट्दिनँ।
१ तिमोथी 2:4-7