1 Samuel 3:10-14

तब परमप्रभु त्यहाँ आएर उभिनुभयो, र अघिजस्तै बोलाउनुभयो, “शमूएल, शमूएल।” शमूएलले जवाफ दिए, “भन्नुहोस्, तपाईंको दास सुन्दैछ।” अनि परमप्रभुले शमूएललाई भन्नुभयो, “हेर, म इस्राएलमा चाँड़ै केही गर्नेछु, र त्यसले गर्दा सुन्नेहरू सबैका कान झन्किनेछन्। जब त्यो दिन आउनेछ तब मैले एली र त्यसका परिवारको विरुद्धमा भनेको हरेक कुरो सुरुदेखि आखिरसम्मै म पूरा गर्नेछु। मैले त्यसलाई भनेको थिएँ, कि म त्यसका परिवारको सधैँ इन्साफ गर्नेछु, किनभने परमेश्वरको विरुद्धमा त्यसका छोराहरूले आफूलाई घृणास्पद बनाएका जानेर पनि त्यसले तिनीहरूलाई रोकेन। यसकारण एलीका परिवारको विरुद्धमा मैले यो शपथ खाएको छु, ‘एलीका घरानाको पाप कुनै पनि बलिदान वा भेटीले मेटिनेछैन’।”
१ शमूएल 3:10-14