1 Peter 5:8-14

१ पत्रुस 5:8-14 - सचेत रहो, जागा रहो, तिमीहरूको शत्रु दियाबलस कसलाई भेट्टाऊँ र खाइहाँलू भनी गर्जने सिंहझैँ खोजिहिँड्‌छ। विश्‍वासमा दह्रिला भएर त्‍यसको विरोध गर, किनकि संसारभरि नै तिमीहरूका दाजुभाइहरूले पनि यस्‍तै कष्‍टको अनुभव गरिरहनुपरेको छ।
सबै अनुग्रहका परमेश्‍वरले ख्रीष्‍टमा आफ्‍नो अनन्‍त महिमाको निम्‍ति तिमीहरूलाई बोलाउनुभएको छ। तिमीहरूले केही बेर कष्‍ट भोगेपछि उहाँले नै तिमीहरूलाई फेरि नयाँ पार्नुहुनेछ, स्‍थिर गर्नुहुनेछ र शक्तिशाली पार्नुहुनेछ। उहाँलाई नै पराक्रम र शक्ति सदासर्वदा भइरहोस्‌। आमेन।

विश्‍वासयोग्‍य भाइ सिलासलाई यो छोटो पत्र लेखाइरहेछु। अर्ती दिँदै म यो घोषणा गरिरहेछु, कि परमेश्‍वरको साँचो अनुग्रह यही हो। यसमा तिमीहरू दृढ भई खड़ा होओ।
बेबिलोनमा भएकी तिमीहरूजस्‍तै चुनिएकीले, र मेरो छोरो मर्कूसले पनि तिमीहरूलाई अभिवादन पठाएका छन्‌। एउटाले अर्कोलाई प्रेमको चुम्‍बनले अभिवादन गर।
ख्रीष्‍टमा भएका तिमीहरू सबैलाई शान्‍ति।

सचेत रहो, जागा रहो, तिमीहरूको शत्रु दियाबलस कसलाई भेट्टाऊँ र खाइहाँलू भनी गर्जने सिंहझैँ खोजिहिँड्‌छ। विश्‍वासमा दह्रिला भएर त्‍यसको विरोध गर, किनकि संसारभरि नै तिमीहरूका दाजुभाइहरूले पनि यस्‍तै कष्‍टको अनुभव गरिरहनुपरेको छ। सबै अनुग्रहका परमेश्‍वरले ख्रीष्‍टमा आफ्‍नो अनन्‍त महिमाको निम्‍ति तिमीहरूलाई बोलाउनुभएको छ। तिमीहरूले केही बेर कष्‍ट भोगेपछि उहाँले नै तिमीहरूलाई फेरि नयाँ पार्नुहुनेछ, स्‍थिर गर्नुहुनेछ र शक्तिशाली पार्नुहुनेछ। उहाँलाई नै पराक्रम र शक्ति सदासर्वदा भइरहोस्‌। आमेन। विश्‍वासयोग्‍य भाइ सिलासलाई यो छोटो पत्र लेखाइरहेछु। अर्ती दिँदै म यो घोषणा गरिरहेछु, कि परमेश्‍वरको साँचो अनुग्रह यही हो। यसमा तिमीहरू दृढ भई खड़ा होओ। बेबिलोनमा भएकी तिमीहरूजस्‍तै चुनिएकीले, र मेरो छोरो मर्कूसले पनि तिमीहरूलाई अभिवादन पठाएका छन्‌। एउटाले अर्कोलाई प्रेमको चुम्‍बनले अभिवादन गर। ख्रीष्‍टमा भएका तिमीहरू सबैलाई शान्‍ति।

१ पत्रुस 5:8-14

1 Peter 5:8-14