1 Peter 4:9-19

१ पत्रुस 4:9-19 - विनागनगन एउटाले अर्काको अतिथिसत्‍कार गर। जसले जस्‍तो वरदान पाएको छ, परमेश्‍वरका अनुग्रहका विभिन्‍न वरदान पाएका भण्‍डारेझैँ ती एक-अर्काको निम्‍ति प्रयोग गर। यदि कसैले बोल्‍दछ भने, परमेश्‍वरको वचन बोलेजस्‍तै त्‍यसले बोलोस्‌। यदि कसैले सेवा गर्छ भने परमेश्‍वरले दिनुभएको शक्तिद्वारा त्‍यसले त्‍यो गरोस्, यस हेतुले कि सबै कुरामा येशू ख्रीष्‍टद्वारा परमेश्‍वरलाई नै प्रशंसा होस्‌। उहाँलाई नै महिमा र पराक्रम सदासर्वदा होस्‌। आमेन।

प्रिय हो, तिमीहरूलाई पारख गर्ने अग्‍निमय परीक्षा तिमीहरूमाथि आइपर्दा केही अनौठो कुरा भएजस्‍तै तिमीहरू छक्‍क नपर। तर ख्रीष्‍टका कष्‍ट-भोगमा सहभागी हुँदा रमाओ, ताकि उहाँको महिमा प्रकट हुँदा तिमीहरू पनि आनन्‍दित र हर्षित हुन सक। यदि ख्रीष्‍टको नाउँमा तिमीहरू निन्‍दित भयौ भने तिमीहरू धन्‍यका हौ। किनभने महिमाका र परमेश्‍वरका आत्‍मा तिमीहरूमाथि रहनुहुन्‍छ। तर तिमीहरूमध्‍ये कसैले पनि हत्‍यारा, वा चोर, वा खराबी गर्ने, वा अर्काको कुरामा हात हाल्‍नेले झैँ दुःख नभोग। तर कसैले ख्रीष्‍टियान भएको कारण दुःख भोग्‍दछ भनेता उसले लाज नमानोस, तर त्‍यही नाउँमा उसले परमेश्‍वरलाई महिमा देओस्‌। किनभने न्‍याय परमेश्‍वरकै परिवारबाट सुरु हुने समय आएको छ, र यदि यो हामीबाट सुरु हुन्‍छ भनेता परमेश्‍वरको सुसमाचार नमान्‍नेहरूको अन्‍त्‍य कस्‍तो होला? अनि,
“यदि धर्मी जनको उद्धार कठिनसँग हुन्‍छ भने
अधर्मी र पापीको गति के हुने?”
यसकारण परमेश्‍वरको इच्‍छाबमोजिम दुःख भोग्‍नेहरूले भलाइ गरून्‌ र तिनीहरूले आफ्‍ना आत्‍मा विश्‍वासयोग्‍य सृष्‍टिकर्ता कहाँ सुम्‍पून्‌।

विनागनगन एउटाले अर्काको अतिथिसत्‍कार गर। जसले जस्‍तो वरदान पाएको छ, परमेश्‍वरका अनुग्रहका विभिन्‍न वरदान पाएका भण्‍डारेझैँ ती एक-अर्काको निम्‍ति प्रयोग गर। यदि कसैले बोल्‍दछ भने, परमेश्‍वरको वचन बोलेजस्‍तै त्‍यसले बोलोस्‌। यदि कसैले सेवा गर्छ भने परमेश्‍वरले दिनुभएको शक्तिद्वारा त्‍यसले त्‍यो गरोस्, यस हेतुले कि सबै कुरामा येशू ख्रीष्‍टद्वारा परमेश्‍वरलाई नै प्रशंसा होस्‌। उहाँलाई नै महिमा र पराक्रम सदासर्वदा होस्‌। आमेन। प्रिय हो, तिमीहरूलाई पारख गर्ने अग्‍निमय परीक्षा तिमीहरूमाथि आइपर्दा केही अनौठो कुरा भएजस्‍तै तिमीहरू छक्‍क नपर। तर ख्रीष्‍टका कष्‍ट-भोगमा सहभागी हुँदा रमाओ, ताकि उहाँको महिमा प्रकट हुँदा तिमीहरू पनि आनन्‍दित र हर्षित हुन सक। यदि ख्रीष्‍टको नाउँमा तिमीहरू निन्‍दित भयौ भने तिमीहरू धन्‍यका हौ। किनभने महिमाका र परमेश्‍वरका आत्‍मा तिमीहरूमाथि रहनुहुन्‍छ। तर तिमीहरूमध्‍ये कसैले पनि हत्‍यारा, वा चोर, वा खराबी गर्ने, वा अर्काको कुरामा हात हाल्‍नेले झैँ दुःख नभोग। तर कसैले ख्रीष्‍टियान भएको कारण दुःख भोग्‍दछ भनेता उसले लाज नमानोस, तर त्‍यही नाउँमा उसले परमेश्‍वरलाई महिमा देओस्‌। किनभने न्‍याय परमेश्‍वरकै परिवारबाट सुरु हुने समय आएको छ, र यदि यो हामीबाट सुरु हुन्‍छ भनेता परमेश्‍वरको सुसमाचार नमान्‍नेहरूको अन्‍त्‍य कस्‍तो होला? अनि, “यदि धर्मी जनको उद्धार कठिनसँग हुन्‍छ भने अधर्मी र पापीको गति के हुने?” यसकारण परमेश्‍वरको इच्‍छाबमोजिम दुःख भोग्‍नेहरूले भलाइ गरून्‌ र तिनीहरूले आफ्‍ना आत्‍मा विश्‍वासयोग्‍य सृष्‍टिकर्ता कहाँ सुम्‍पून्‌।

१ पत्रुस 4:9-19

1 Peter 4:9-19