1 Petrus 3:18-21

किनभने हामीलाई परमेश्वरकहाँ ल्याउन ख्रीष्ट पनि पापहरूका निम्ति सदाको लागि एक चोटि मर्नुभयो। उहाँ शरीरमा मारिनुभयो— धर्मी जन अधर्मीहरूका निम्ति— तर आत्माद्वारा जीवित पारिनुभयो। यसै आत्मामा उहाँ जानुभयो र कैदमा परेका आत्माहरूलाई पनि प्रचार गर्नुभयो। ती आत्माहरूले प्राचीनकालमा आज्ञापालन गरेनन्, जब नोआको समयमा जहाज बनाउँदा परमेश्वरले धैर्य धारण गरी पर्खिनुभएको थियो। त्यस जहाजमा थोरै, अर्थात् आठ जना मात्र पानीद्वारा बचाइए। यही पानी बप्तिस्माको एउटा रूप हो, जसले तिमीहरूलाई बचाउँछ। यो शरीरको मैला हटाएजस्तो होइन, तर शुद्ध विवेकको निम्ति परमेश्वरतर्फको एउटा प्रतिज्ञा हो। यसले मृतकबाट भएको येशू ख्रीष्टको पुनरुत्थानद्वारा तिमीहरूलाई बचाउँदछ।
१ पत्रुस 3:18-21