१ पत्रुस 1:13-22

यसकारण आफ्नो मन बाँध, संयमी होओ र येशू ख्रीष्ट प्रकट हुनुहुँदा तिमीहरूकहाँ आउन लागेको अनुग्रहमा तिमीहरूको आशा पूर्ण रूपले राख। आज्ञाकारी बालकहरू भएका हुनाले अगाडिको अजान अवस्थाका कुइच्छाहरूमा तिमीहरू अब नलाग। तर तिमीहरूलाई बोलाउनुहुने जस्तो पवित्र हुनुहुन्छ, तिमीहरू आफै पनि जीवनका सबै रहनसहनमा पवित्र होओ, किनभने यो लेखिएको छ, “तिमीहरू पवित्र होओ, किनभने म पवित्र छु।” पनपक्ष नगरी मानिसको कामअनुसार इन्साफ गर्नुहुनेलाई पिता भनी पुकारा गर्छौ भने, तिमीहरूका प्रवासको सम्पूर्ण समय डरसँग बिताओ। तिमीहरू जान्दछौ, कि आफ्ना पिता-पुर्खाबाट आएका व्यर्थका कुराहरूदेखि, सुन वा चाँदीजस्ता नाश हुने थोकहरूद्वारा दाम तिरी तिमीहरू छुट्ट्याइएका होइनौ, तर निष्खोट र निष्कलङ्क थुमाको जस्तो ख्रीष्टको अनमोल रगतद्वारा दाम तिरी छुट्ट्याइएका छौ। उहाँ सृष्टिभन्दा अगाडिदेखि नै नियुक्त हुनुभएको थियो, तर तिमीहरूका खातिर समयको अन्त्यमा प्रकट हुनुभयो। उहाँद्वारा परमेश्वरमाथि तिमीहरूको भरोसा छ, जसले ख्रीष्टलाई मृतकबाट जीवित पारेर महिमा दिनुभयो, ताकि तिमीहरूको विश्वास र आशा परमेश्वरमा रहोस्। अब सत्यको पालनद्वारा तिमीहरूले आफैलाई शुद्ध पारेका हुनाले आफ्ना दाजुभाइलाई निष्कपट प्रेम गर, र हृदयबाट नै एउटाले अर्कोलाई गहिरो प्रेम गर।
१ पत्रुस 1:13-22