1 John 5:13-16

तिमीहरूले अनन्त जीवन पाएका छौ भन्ने कुरा जान भन्ने हेतुले परमेश्वरका पुत्रको नाउँमा विश्वास गर्ने तिमीहरूलाई यो पत्र लेख्दैछु। परमेश्वरमा हाम्रो पूर्ण भरोसा छ कि उहाँको इच्छाबमोजिम जे मागे तापनि उहाँले हाम्रो कुरा सुन्नुहुन्छ। हामीले प्रार्थनामा जेसुकै मागे तापनि परमेश्वरले सुन्नुहुन्छ भनी हामी जान्दछौं भने, यो पनि जान्दछौं कि उहाँलाई हामीले जे मागेका छौं त्यो हामीलाई प्राप्त भएको छ। यदि कसैले आफ्नो भाइले पाप गरेको देख्छ, अनि त्यो पापचाहिँ मृत्युमा पुर्याउने होइन भने, उसले त्यस भाइको निम्ति परमेश्वरसँग प्रार्थना गरिदिनुपर्छ, र जसको पाप मृत्युमा पुर्याउने किसिमको छैन, त्यसलाई परमेश्वरले जीवन दिनुहुन्छ। तर यस्तो पाप पनि हुन्छ, जो मृत्युमा पुर्याउने हुन्छ, जसको निम्ति कसैले बिन्ती गरिदिनुपर्छ भनी म भन्दिनँ।
१ यूहन्ना 5:13-16