१ यूहन्ना 4:18-21

प्रेममा डर हुँदैन, तर सिद्ध प्रेमले डरलाई हटाउँछ। किनकि डरको सम्बन्ध त दण्डसँग हुन्छ, अनि जो डराउँछ प्रेममा त्यो सिद्ध भएको हुँदैन। हामी प्रेम गर्दछौं, किनभने पहिले उहाँले हामीलाई प्रेम गर्नुभयो। यदि कसैले “म परमेश्वरलाई प्रेम गर्छु” भन्छ, तर आफ्नो भाइलाई घृणा गर्छ भने त्यो झूटो हो, किनकि आफूले देखेको आफ्नो भाइलाई नै प्रेम नगर्नेले नदेखेका परमेश्वरलाई प्रेम गर्न सक्दैन। हामीले उहाँबाट यो आज्ञा पाएका छौं, कि जसले परमेश्वरलाई प्रेम गर्छ त्यसले आफ्नो भाइलाई पनि प्रेम गर्नुपर्छ।
१ यूहन्ना 4:18-21