1 Corinthians 16:13-18

सतर्क रहो, विश्वासमा दृढ़ भइरहो। साहसिलो र सामर्थी बन। जे गर्छौ ती सबै प्रेममा गरिएका होऊन्। भाइ हो, तिमीहरूलाई थाहा छ, कि स्तिफनासका घराना अखैयामा विश्वास गर्नेहरूमा प्रथम हुन्। तिनीहरूले सन्तहरूका सेवामा आफैलाई अर्पण गरेका छन्। यस्ताहरू र यस्तै परिश्रम गर्ने हरेक सहकर्मीको अधीनमा रहो भनेर म तिमीहरूलाई आग्रह गर्दछु। स्तिफनास, फोर्टुनाटस र अखाइकसको आगमनमा म आनन्दित भएँ, किनकि तिमीहरूको अनुपस्थिति तिनीहरूले पूरा गरिदिए। किनकि तिनीहरूले मेरो र तिमीहरूका आत्मालाई पनि उत्साहित तुल्याए। यस्ता मानिसहरूको कदर गर।
१ कोरिन्थी 16:13-18