1 Corinthians 1:4-9

ख्रीष्ट येशूमा तिमीहरूलाई दिइएका परमेश्वरका अनुग्रहको कारण तिमीहरूका निम्ति म परमेश्वरमा सधैँ धन्यवाद चढ़ाउँछु। किनकि हरप्रकारले, अर्थात् सबै बोली र सबै ज्ञानमा तिमीहरू उहाँमा धनी भएका छौ— किनकि ख्रीष्टको विषयमा हाम्रो गवाही तिमीहरूमा सुदृढ़ भएको छ— ताकि तिमीहरूले हाम्रा प्रभु येशू ख्रीष्ट प्रकट हुने कुराको प्रतीक्षा गर्दा तिमीहरूमा कुनै आत्मिक वरदानको अभाव हुँदैन। हाम्रा प्रभु येशू ख्रीष्टको दिनमा तिमीहरूलाई दोषरहित राख्न उहाँले तिमीहरूलाई अन्त्यसम्मै सुदृढ़ राख्नुहुनेछ। परमेश्वर विश्वासयोग्य हुनुहुन्छ, जसद्वारा उहाँका पुत्र हाम्रा प्रभु येशू ख्रीष्टको सङ्गतिमा तिमीहरू बोलाइयौ।
१ कोरिन्थी 1:4-9