1 Corinthians 1:18-21

किनकि नष्ट भइरहेकाहरूका निम्ति क्रूसको सन्देश मूर्खता हो, तर हामी उद्धार पाइरहेकाहरूका निम्ति परमेश्वरको शक्ति हो। किनभने लेखिएको छ, “म बुद्धिमान्हरूको बुद्धि नष्ट पार्नेछु, र चतुरहरूको चतुर्याइँ विफल तुल्याउनेछु।” बुद्धिमान् कहाँ छ? शास्त्री कहाँ छ? यस युगका तर्क गर्नेहरू कहाँ छन्? के परमेश्वरले यस संसारको बुद्धिलाई मूर्ख तुल्याउनुभएन र? संसारले आफ्नै बुद्धिद्वारा परमेश्वरलाई चिन्न नसकेको हुनाले उहाँको बुद्धिअनुसार हामीले प्रचारेको सुसमाचारको मूर्खताद्वारा नै विश्वास गर्नेहरूलाई बचाउन परमेश्वरले उचित ठहराउनुभयो।
१ कोरिन्थी 1:18-21