1 Chronicles 29:10-16

१ इतिहास 29:10-16 - दाऊदले सबै समुदायको उपस्‍थितिमा यसो भनेर परमप्रभुको प्रशंसा गरे:
“हे हाम्रा पुर्खाहरूका परमप्रभु परमेश्‍वर, सनातनदेखि सनातनसम्‍म तपाईंको प्रशंसा होस्‌।
हे परमप्रभु, महानता, शक्ति, महिमा,
गौरव र ऐश्‍वर्य तपाईंकै हुन्,
किनकि स्‍वर्ग र पृथ्‍वीमा भएका सबै कुरा तपाईंकै हुन्‌।
हे परमप्रभु, राज्‍य तपाईंकै हो,
अनि सबैमाथि तपाईं सर्वोच्‍च हुनुहुन्‍छ।
धन र मान तपाईंबाट नै आउँछन्‌।
तपाईं नै सबैमाथि शासन गर्नुहुन्‍छ।
पराक्रम र शक्ति तपाईंकै बाहुलीमा छन्,
सबैलाई उच्‍च पार्न र शक्ति दिन
तपाईंकै हातमा बल र शक्ति छन्‌।
अब हे हाम्रा परमेश्‍वर,
हामी तपाईंलाई धन्‍यवाद दिन्‍छौं,
र तपाईंको महिमित नाउँको प्रशंसा गर्दछौं।
“तर म को हुँ, अनि मेरा प्रजा को हुन्, कि हामी उदार-चित्तले यसरी दिन सक्‍छौं? सबै कुरा तपाईंबाटै आउँछन्, र तपाईंकै दानबाट हामी तपाईंलाई दिँदछौं। हामी त तपाईंको दृष्‍टिमा विदेशी र प्रवासीहरू हौं, जस्‍ता हाम्रा पुर्खाहरू थिए। हाम्रा दिन यस पृथ्‍वीमा छायाजस्‍ता मात्र छन्‌ र हाम्रा निम्‍ति आशा छैन। हे परमप्रभु हाम्रा परमेश्‍वर, तपाईंको पवित्र नाउँका सम्‍मानको निम्‍ति भवन बनाउन हामीले जम्‍मा गरेका यी सबै धन तपाईंबाट नै आउँछन्, र यी सबै तपाईंकै हुन्‌।

दाऊदले सबै समुदायको उपस्‍थितिमा यसो भनेर परमप्रभुको प्रशंसा गरे: “हे हाम्रा पुर्खाहरूका परमप्रभु परमेश्‍वर, सनातनदेखि सनातनसम्‍म तपाईंको प्रशंसा होस्‌। हे परमप्रभु, महानता, शक्ति, महिमा, गौरव र ऐश्‍वर्य तपाईंकै हुन्, किनकि स्‍वर्ग र पृथ्‍वीमा भएका सबै कुरा तपाईंकै हुन्‌। हे परमप्रभु, राज्‍य तपाईंकै हो, अनि सबैमाथि तपाईं सर्वोच्‍च हुनुहुन्‍छ। धन र मान तपाईंबाट नै आउँछन्‌। तपाईं नै सबैमाथि शासन गर्नुहुन्‍छ। पराक्रम र शक्ति तपाईंकै बाहुलीमा छन्, सबैलाई उच्‍च पार्न र शक्ति दिन तपाईंकै हातमा बल र शक्ति छन्‌। अब हे हाम्रा परमेश्‍वर, हामी तपाईंलाई धन्‍यवाद दिन्‍छौं, र तपाईंको महिमित नाउँको प्रशंसा गर्दछौं। “तर म को हुँ, अनि मेरा प्रजा को हुन्, कि हामी उदार-चित्तले यसरी दिन सक्‍छौं? सबै कुरा तपाईंबाटै आउँछन्, र तपाईंकै दानबाट हामी तपाईंलाई दिँदछौं। हामी त तपाईंको दृष्‍टिमा विदेशी र प्रवासीहरू हौं, जस्‍ता हाम्रा पुर्खाहरू थिए। हाम्रा दिन यस पृथ्‍वीमा छायाजस्‍ता मात्र छन्‌ र हाम्रा निम्‍ति आशा छैन। हे परमप्रभु हाम्रा परमेश्‍वर, तपाईंको पवित्र नाउँका सम्‍मानको निम्‍ति भवन बनाउन हामीले जम्‍मा गरेका यी सबै धन तपाईंबाट नै आउँछन्, र यी सबै तपाईंकै हुन्‌।

१ इतिहास 29:10-16

1 Chronicles 29:10-16