खोज परिणाम: psalm 34:18

भजनसंग्रह 34:18 (NNRV)

चूर्ण हृदय भएकाहरू सबैका नजिक परमप्रभु हुनुहुन्‍छ, र निराश भएकाहरूलाई उहाँले बचाउनुहुन्‍छ।

उत्‍पत्ति 34:18 (NNRV)

हमोर र उनका छोरा शकेमलाई तिनीहरूको कुरा मन पर्‍यो।

प्रस्‍थान 34:18 (NNRV)

“अखमिरी रोटीको चाड़ मान्‍नू। मेरो आज्ञाबमोजिम आबीब महिनाको तोकिएको समयमा सात दिनसम्‍म अखमिरी रोटी खाँदैरहनू। किनभने आबीब महिनामा तिमीहरू मिश्रदेशबाट निक्‍लेर आएका हौ।

गन्ती 34:18 (NNRV)

अधिकारको निम्‍ति देश बाँड्‌नलाई तिमीहरूका कुलैपिच्‍छे एक-एक वटा नायक छुट्ट्याउनू।

अय्‍यूब 34:18 (NNRV)

के उहाँ नै हुनुहुन्‍न र? जसले राजालाई ‘निकम्‍मा’ भन्‍नुहुनेछ, र तिनका भारदारहरूलाई तिनीहरूका मुखकै सामुन्‍ने ‘तिमीहरू दुष्‍ट’ भन्‍नुहुन्‍छ?

यर्मिया 34:18 (NNRV)

मेरो करार भङ्ग गर्ने र मेरो सामु गरेका करारका शर्तहरू पूरा नगर्ने ती मानिसहरूसँग म त्‍यही बाछासँग जस्‍तै व्‍यवहार गर्नेछु, जसलाई तिनीहरूले दुई फ्‍याक पारेर तिनका बीचबाट हिँड़े।

इजकिएल 34:18 (NNRV)

र भेड़ाहरू र बाख्राहरूका बीचमा न्‍याय गर्नेछु! के असल चरनमा चर्न पाएर पनि तिमीहरूलाई पुगेन? किन तिमीहरू बाँकी चरनलाई तिमीहरूका खुट्टाले कुल्‍चन्‍छौ? के स्‍वच्‍छ पानीले तिमीहरूलाई पुगेन? किन तिमीहरू अरू पानीलाई खुट्टाले हिलै-हिलो बनाउँछौ?

२ इतिहास 34:18 (NNRV)

पूजाहारी हिल्‍कियाहले तिनलाई एउटा पुस्‍तक दिएका कुरा पनि सचिव शापानले राजालाई बताइदिए। तिनले त्‍यो पुस्‍तक राजाको सामुन्‍ने पढ़ेर सुनाए।

भजनसंग्रह 18:34 (NNRV)

उहाँले मेरा हातहरूलाई युद्धको निम्‍ति तालीम दिनुहुन्‍छ, यसैले मेरा पाखुराले काँसाको धनु झुकाउन सक्‍छन्‌।

मत्ती 18:34 (NNRV)

तब त्‍यसका मालिकले क्रुद्ध भएर त्‍यसलाई सबै ऋण नतिरुञ्‍जेल दण्‍ड दिनेहरूका हातमा सुम्‍पिदिए।

लूका 18:34 (NNRV)

तर चेलाहरूले यी कुराहरू एउटै पनि बुझेनन्‌। तिनीहरूका निम्‍ति यो कुरा गुप्‍तमा राखियो, अनि भनिएको यो कुरा तिनीहरूको समझले भ्‍याएन।

यूहन्‍ना 18:34 (NNRV)

येशूले जवाफ दिनुभयो, “तपाईं आफै यसो भन्‍नुहुन्‍छ, वा मेरो विषयमा तपाईंलाई अरू कसैले भने?”

१ राजाहरू 18:34 (NNRV)

तिनले भने, “फेरि त्‍यसै गर।” अनि तिनीहरूले फेरि त्‍यसै गरे। तिनले हुकुम गरे, “तेस्रो खेप पनि त्‍यसै गर।” तिनीहरूले तेस्रो खेप त्‍यसै गरे।

२ राजाहरू 18:34 (NNRV)

हमात र अर्पादका देवताहरू कता गए? सपर्बेम, हेना र इव्‍वाका देवताहरू खोइ त? के तिनीहरूले सामरियालाई मेरो हातबाट बचाए त?

२ इतिहास 18:34 (NNRV)

लड़ाइँ दिनभरि नै भइरह्यो र राजा आफ्‍नो रथमा अड़िएर अरामीहरूको सामना गरिरहेका थिए। तिनी साँझसम्‍म त्‍यही अवस्‍थामा रहे, र सूर्यास्‍त हुँदा तिनी मरे।

१ यूहन्‍ना 4:18 (NNRV)

प्रेममा डर हुँदैन, तर सिद्ध प्रेमले डरलाई हटाउँछ। किनकि डरको सम्‍बन्‍ध त दण्‍डसँग हुन्‍छ, अनि जो डराउँछ प्रेममा त्‍यो सिद्ध भएको हुँदैन।

२ कोरिन्थी 4:18 (NNRV)

हामी दृश्‍य कुरालाई होइन, तर अदृश्‍य कुरालाई हेर्छौं, किनभने दृश्‍य कुरा क्षणिक हुन्‍छन्, तर अदृश्‍य कुराचाहिँ अनन्‍तसम्‍म रहन्‍छन्‌।

प्रस्‍थान 4:18 (NNRV)

त्‍यसपछि मोशा फर्केर आफ्‍ना ससुरा यित्रोकहाँ आएर तिनलाई भने, “बिन्‍ती छ, मिश्रमा भएका मेरा दाजुभाइहरू बाँचेकै छन्‌ कि छैनन्, गएर हेर्ने अनुमति दिनुहोस्‌।” यित्रोले मोशालाई भने, “हुन्‍छ, कुशलसित जाऊ।”

प्रस्‍थान 14:18 (NNRV)

जब फारो, त्‍यसका रथहरू र त्‍यसका घोड़चढ़ीहरूद्वारा मेरो महिमा हुनेछ, तब मिश्रीहरूले म नै परमप्रभु हुँ भन्‍ने कुरा थाहा पाउनेछन्‌।”

लेवीहरू 4:18 (NNRV)

त्‍यसपछि भेट हुने पालभित्र रहेको वेदीका सीङहरूमा तिनले परमप्रभुको सामु त्‍यस रगतबाट केही लगाऊन्, र सबै बाँकी रगतचाहिँ भेट हुने पालको ढोकामा होमबलिका वेदीको आधारमा खन्‍याऊन्‌।

गन्ती 14:18 (NNRV)

‘परमप्रभु रीस गर्नमा धैर्यवान्‌ र अति करुणामय, अधर्म र अपराध क्षमा गर्ने, तर दोषीलाई कुनै रीतिले निर्दोष नठहराउने, पिता-पुर्खाका अधर्मको सजाय उनीहरूका तेस्रो र चौथो पुस्‍तासम्‍म पनि दिने हुनुहुन्‍छ।’

गन्ती 24:18 (NNRV)

एदोम पराजित हुनेछ, र त्‍यसको शत्रु सेइर पनि पराजित हुनेछ, तर इस्राएलचाहिँ बलियो हुनेछ।

व्यवस्था 14:18 (NNRV)

सारस, हरथरीका बकुल्‍ला, फाप्रेचरो र चमेरो।

यहोशू 24:18 (NNRV)

परमप्रभुले हाम्रा सामुन्‍नेबाट सबै जातिहरू, यस देशमा बस्‍ने एमोरीहरूलाई समेत धपाउनुभयो। यसकारण हामीहरू पनि परमप्रभुको सेवा गर्नेछौं, किनभने उहाँ नै हाम्रा परमेश्‍वर हुनुहुन्‍छ।”

१ शमूएल 4:18 (NNRV)

परमेश्‍वरका सन्‍दूकको विषयमा सुन्‍ने बित्तिकै ढोकाको छेउमा भएको आसनबाट एली पछिल्‍तिर लड़े, र उनको घाँटी भाँचिएर उनी मरे, किनभने उनी वृद्ध र ठूलो शरीर भएका मानिस थिए। उनी चालीस वर्षसम्‍म इस्राएलका अगुवा भएका थिए।