खोज परिणाम: mark 12:31

प्रस्‍थान 12:31 (NNRV)

फारोले राती नै मोशा र हारूनलाई बोलाउन पठाएर भने, “तिमीहरू र सबै इस्राएलीहरू मेरा प्रजाका बीचबाट निक्‍लेर गइहाल, र तिमीहरूले भनेबमोजिम परमप्रभुको आराधना गर।

व्यवस्था 12:31 (NNRV)

तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको पूजा उनीहरूले गरेझैँ नगर्नू, किनकि उनीहरूका देवताहरूको पूजा गर्दा उनीहरूले सब किसिमका घृणित कुरा गर्छन्, जुन परमप्रभु घृणा गर्नुहुन्‍छ। उनीहरू आफ्‍ना छोराछोरीहरूलाई पनि आफ्‍ना देवताहरूका लागि आगोमा होमिदिन्‍छन्‌।

नहेम्‍याह 12:31 (NNRV)

तब मैले यहूदाका अगुवाहरूलाई सहरको पर्खालमाथि जान लाएँ। साथै धन्‍यवाद दिन दुई वटा ठूला स्‍तुति गाउनेहरूका दल नियुक्त गरें। एक दल दाहिनेतिर पर्खालमा फोहोर ढोकासम्‍म जानुपर्थ्‍यो।

मत्ती 12:31 (NNRV)

त्‍यसैकारण म तिमीहरूलाई भन्‍दछु, मानिसहरूले गरेको हरेक पाप र ईश्‍वर-निन्‍दा क्षमा हुनेछ, तर पवित्र आत्‍माको विरुद्धमा गरिएको निन्‍दा क्षमा हुनेछैन।

मर्कूस 12:31 (NNRV)

दोस्रोचाहिँ यो हो, ‘तैंले आफ्‍नो छिमेकीलाई आफूलाई जस्‍तै प्रेम गर्‌।’ योभन्‍दा ठूलो आज्ञा अर्को छैन।”

लूका 12:31 (NNRV)

तर परमेश्‍वरका राज्‍यको खोजी गर, र यी सबै कुराहरू पनि तिमीहरूलाई दिइनेछन्‌।

यूहन्‍ना 12:31 (NNRV)

अब यस संसारको न्‍याय हुन्‍छ। यस संसारको शासक बाहिर फालिनेछ।

२ शमूएल 12:31 (NNRV)

तिनले त्‍यहाँका बासिन्‍दाहरूलाई लगेर आरा, र फलामका अरू किसिमका हतियारहरू र बन्‍चराहरूले काम गर्न लगाए, अनि इँटका भट्टीहरूमा पनि इँट बनाउन लाए। दाऊदले अम्‍मोनीहरूका सबै सहरहरूमा यस्‍ता काम गर्न लगाए। त्‍यसपछि दाऊद र तिनका सबै फौज यरूशलेममा फर्के।

१ राजाहरू 12:31 (NNRV)

यारोबामले डाँड़ाका पूजा गर्ने थानहरू पनि बनाए, र ती लेवीको कुलका नभए तापनि सब थरीका मानिसहरूबाट पूजाहारीहरू नियुक्त गरे।

१ इतिहास 12:31 (NNRV)

मनश्‍शेका आधा कुलका— १८,०००। दाऊदलाई राजा बनाउन यिनीहरू नै चुनिएका थिए।

१ कोरिन्थी 12:31 (NNRV)

तर अझ उच्‍च वरदानहरूको उत्‍कट इच्‍छा गर। अनि म तिमीहरूलाई झन्‌ उत्तम मार्ग बताउँछु।

गन्ती 31:12 (NNRV)

र यरीहोदेखि पारि यर्दन नदीको किनारनेर मोआबका मैदानको छाउनीमा मोशा, एलाजार पूजाहारी र इस्राएली समुदायका सामु ती कैदीहरू, पशु-प्राणी र धनमाल ल्‍याए।

अय्‍यूब 31:12 (NNRV)

त्‍यो ता भस्‍म गर्ने र नाश गर्ने आगो हुनेछ, चारैतिर मेरो बालीलाई खाने भयङ्कर आगो।

हितोपदेश 31:12 (NNRV)

तिनले आफ्‍नो जीवनकालभरि नै उनको भलो गर्छिन्, कुभलो होइन।

उत्‍पत्ति 31:12 (NNRV)

र उहाँले भन्‍नुभयो, ‘तेरा आँखा उठाएर बगालमाथि चढ्‌ने सबै बोकाहरूलाई हेर्‌। ती पेटारे, थोप्‍ले र छिर्केमिर्के छन्, किनकि लाबानले तँमाथि जे गरिरहेछ सो मैले देखेको छु।

प्रस्‍थान 31:12 (NNRV)

तब परमप्रभुले मोशालाई भन्‍नुभयो,

व्यवस्था 31:12 (NNRV)

पुरुष र स्‍त्री, बालक र तिमीहरूका सहरभित्र भएका परदेशीहरू सबैलाई भेला गर, र तिनीहरूले सुनेर परमप्रभु तिमीहरूका परमेश्‍वरको भय मान्‍न र यस व्‍यवस्‍थाका सबै वचन होशियारीसाथ पालन गर्न सिकून्‌।

भजनसंग्रह 31:12 (NNRV)

मरिसकेका मानिसझैँ मलाई सबैले भुलेका छन्‌, म त फुटेको भाँड़ाजस्‍तै भएको छु।

यर्मिया 31:12 (NNRV)

तिनीहरू आएर सियोनको उच्‍च ठाउँहरूमा आनन्‍दसाथ गाउनेछन्‌। परमप्रभुको प्रशस्‍त वरदानको कारण तिनीहरू रमाहट गर्नेछन्‌— अन्‍न, नयाँ दाखमद्य र तेल, भेड़ाबाख्राका पाठाहरू र गाई-गोरुका बाछाहरूको कारण तिनीहरूले रमाहट गर्नेछन्‌। तिनीहरू प्रशस्‍त पानीले भिजेको बगैँचाजस्‍तै हुनेछ। तिनीहरू फेरि कहिल्‍यै अफसोसी हुनेछैनन्‌।

इजकिएल 31:12 (NNRV)

अनि सबैभन्‍दा क्रूर विदेशी जातिहरूले त्‍यसलाई ढालेर छोड़िदिए। त्‍यसका हाँगाबिँगा पहाड़हरू र सबै बेँसीहरूमा ढले, र त्‍यसका हाँगाहरू देशका सबै खोलाहरूमा भाँचिएर पड़िरहे। पृथ्‍वीका सबै जातिहरू त्‍यसका छायाबाट निस्‍के र त्‍यसलाई छोड़े।

१ शमूएल 31:12 (NNRV)

तब तिनीहरूका वीरहरू रातभरि हिँड़ेर शाऊल र उनका छोराहरूका मृत-शरीरलाई बेथ-शानको पर्खालबाट झिकेर याबेशमा ल्‍याए, र ती लाशहरूलाई जलाइदिए।

२ इतिहास 31:12 (NNRV)

अनि मानिसहरूले ईमानदारीसाथ आ-आफ्‍ना भेटीहरू, दशांश र तिनीहरूले अर्पण गरेका दानहरू ल्‍याए। तिनको जिम्‍मा लिने अधिकृत लेवी कोनन्‍याह थिए, अनि तिनका भाइ शिमीचाहिँ उपअधिकृत थिए।

लेवीहरू 22:31 (NNRV)

“तिमीहरूले मेरा आज्ञाहरू पालन गर्नू। म परमप्रभु हुँ।

गन्ती 32:31 (NNRV)

गाद र रूबेनका सन्‍तानले यसो भने, “परमप्रभुले हामीलाई जे भन्‍नुभएको छ हामी गर्नेछौं।

व्यवस्था 32:31 (NNRV)

किनकि उनीहरूको चट्टान हाम्रो चट्टानजस्‍तो होइन, हाम्रा शत्रुहरू आफैले पनि यो स्‍वीकार गर्छन्‌।