खोज परिणाम: John 3:16
कलस्सी 3:16 (NNRV)
ख्रीष्टको वचन तिमीहरूमा प्रशस्ततासँग वास गरोस्। पूरा बुद्धिमानीसाथ एउटाले अर्कालाई सिकाओ र अर्ती देओ, र परमेश्वरप्रति आफ्नो हृदयमा रहेको कृतज्ञतासाथ भजन, स्तुति र आत्मिक गान गाओ।
यूहन्ना 3:16 (NNRV)
“किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्।
२ तिमोथी 3:16 (NNRV)
सम्पूर्ण पवित्र-शास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो, र यो सिकाउनलाई, अर्ती दिनलाई, सच्याउनलाई, धार्मिकतामा तालीम दिनलाई लाभदायक हुन्छ,
लेवीहरू 3:16 (NNRV)
पूजाहारीले ती मीठो बास्ना हुनलाई आगोद्वारा चढ़ाइएको बलि वेदीमा भोजन स्वरूप जलाऊन्। बोसोजति सबै परमप्रभुको हो।
न्यायकर्ताहरू 3:16 (NNRV)
एहूदले आफ्नो निम्ति एक हात लामो एउटा चुपी बनाएर लुगाभित्र दाहिने जाँघमा बाँधिराखे।
हितोपदेश 3:16 (NNRV)
बुद्धिको दाहिने हातमा दीर्घायु, र त्यसको देब्रे हातमा धन र सम्मान हुन्छन्।
उपदेशक 3:16 (NNRV)
अनि मैले सूर्यमुनि अर्कै कुरा पनि देखें: न्यायको सट्टामा खराबी पो रहेछ, धार्मिकताको सट्टामा खराबी पो रहेछ।
एफिसी 3:16 (NNRV)
म प्रार्थना गर्छु, कि उहाँका महिमाको सम्पत्तिअनुसारको शक्तिले उहाँका आत्माद्वारा भित्री मनुष्यत्वमा तिमीहरूलाई शक्तिशाली पारून्,
फिलिप्पी 3:16 (NNRV)
केवल हामीले जे प्राप्त गरिसकेका छौं, त्यसमा दह्रिला भइबसौं।
उत्पत्ति 3:16 (NNRV)
स्त्रीलाई उहाँले भन्नुभयो, “तेरो सुत्केरी-वेदना म ज्यादै गरी बढ़ाइदिनेछु। दु:खसँग तैंले बालक जन्माउनेछस्। तेरो इच्छा पतितर्फ नै हुनेछ, र त्यसले तँलाई अधीनमा राख्नेछ।”
प्रस्थान 3:16 (NNRV)
“जा, गएर इस्राएलका धर्म-गुरुहरूलाई जम्मा गरेर तिनीहरूलाई भन्: ‘परमप्रभु, तिमीहरूका पिता-पुर्खाका परमेश्वर, अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वर मकहाँ प्रकट भएर भन्नुभयो, मैले तिमीहरूको हेर-विचार गरेको छु र मिश्रमा तिमीहरूले जे भोग्दैछौ सो मैले देखेको छु।
गन्ती 3:16 (NNRV)
यसरी आफूले आज्ञा पाएझैँ परमप्रभुको वचनअनुसार मोशाले तिनीहरूको गन्ती गरे।
व्यवस्था 3:16 (NNRV)
तर मैले रूबेनी र गादीहरूलाई गिलाददेखि अर्नोन खोलासम्म (खोलाको मध्यभाग त्यसको सिमाना थियो), र अम्मोनीहरूको सिमाना, यब्बोक नदीसम्म दिएँ।
यहोशू 3:16 (NNRV)
माथिबाट आएको पानी धेरै पर, सार्तानको नजिक आदम भनिने सहरनेरै थामिएर एउटा रास भएर अड़्यो, र अराबाको समुद्र, अर्थात् खारा समुद्रमा बगेर जाने पानी पूर्ण रूपले काटिएर सुक्यो। यसर्थ मानिसहरू यरीहोको पारिबाट पार तरे।
रूथ 3:16 (NNRV)
रूथ आफ्नी सासूकहाँ आइन्, र नाओमीले सोधिन्, “हे मेरी छोरी, के भयो?”
हिब्रू 3:16 (NNRV)
सुन्नेहरू को थिए, जसले सुनेर पनि विद्रोह गरे? के ती सब तिनीहरू नै होइनन् र, जो मोशाको नेतृत्वमा मिश्रदेशबाट निस्किआएका थिए?
याकूब 3:16 (NNRV)
किनकि जहाँ डाह र स्वार्थपूर्ण अभिलाषा हुन्छ, त्यहाँ भाँड़भैलो र हरेक किसिमको भ्रष्ट काम हुन्छ।
प्रकाश 3:16 (NNRV)
किनकि तिमी मनतातो छौ, न चिसो न तातो, यसकारण म तिमीहरूलाई मेरो मुखबाट उकेलिदिनेछु।
नहेम्याह 3:16 (NNRV)
तिनको छेउमा बेथ-सरको आधा जिल्लाका शासक अज्बूकका छोरा नहेम्याहले दाऊदका चिहानको सामुको एउटा जग्गा, बनावटी पोखरी र वीरहरूको घरसम्म मरम्मत गरे।
अय्यूब 3:16 (NNRV)
समय नपुगी तुहेको बालकझैँ मलाई किन जमिनभित्र लुकाइएन, दिनको उज्यालो कहिल्यै नदेखेको बालकझैँ?
यशैया 3:16 (NNRV)
परमप्रभु भन्नुहुन्छ, “सियोनका स्त्रीहरू अहङ्कारी छन्, र मुण्टो ठाड़ो गर्दै, चञ्चले आँखा गर्दै, कल्ली पहिरी छमछम गर्दै ससाना कदम चालेर हिँड्छन्।
यर्मिया 3:16 (NNRV)
ती दिनमा जब तिमीहरू देशमा खूब बढ़ेर फैलिनेछौ, तब मानिसहरूले फेरि कहिल्यै ‘परमप्रभुका करारको सन्दूक’ भनी भन्नेछैनन्,” परमप्रभु भन्नुहुन्छ। “त्यसको विचार तिनीहरूका मनमा आउनेछैन, त्यसको सम्झना नै हुनेछैन, त्यसको अनुपस्थितिको केही ख्याल रहनेछैन। त्योजस्तै अर्को फेरि कहिल्यै बनाइनेछैन।
विलाप 3:16 (NNRV)
उहाँले रोड़ा खुवाएर मेरा दाँत भाँचिदिनुभयो, र मलाई धूलोमा कुल्चीमिल्ची गर्नुभयो।
इजकिएल 3:16 (NNRV)
सात दिनको अन्त्यमा परमप्रभुको वचन मकहाँ आयो:
दानिएल 3:16 (NNRV)
शद्रक, मेशक र अबेद्नगोले राजालाई जवाफ दिए, “हे नबूकदनेसर, यस सम्बन्धमा हजूरको अगि हाम्रो आफ्नै पक्षमा भन्नुपर्ने आवश्यकता केही छैन।