खोज परिणाम: John 15:5

यूहन्‍ना 15:5 (NNRV)

“दाखको बोट म हुँ, तिमीहरूचाहिँ हाँगाहरू हौ। यदि कोही ममा रह्यो भने, र म त्‍यसमा रहें भने, त्‍यसले धेरै फल फलाउँछ, किनकि मबाट अलग रहेर तिमीहरू केही गर्न सक्‍दैनौ।

प्रस्‍थान 15:5 (NNRV)

गहिरा पानीले उनीहरूलाई छोपे। उनीहरू ढुङ्गाझैँ गहिराइमा डुबे।

गन्ती 15:5 (NNRV)

बलिदान वा होमबलिको प्रत्‍येक थुमाको साथमा अर्घ-बलिको निम्‍ति एक लिटर दाखमद्य पनि तैंले तयार गर्नू।

व्यवस्था 15:5 (NNRV)

किनभने तिमीहरूको अधिकारमा दिनुहुने देशमा परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई प्रशस्‍त आशिष्‌ दिनुहुनेछ।

भजनसंग्रह 15:5 (NNRV)

जसले आफ्‍नो रुपियाँ व्‍याजमा लाउँदैन, र निर्दोषको विरुद्धमा घूस लिँदैन। यस्‍ता काम गर्ने कहिल्‍यै पनि डग्‍नेछैन।

प्रकाश 15:5 (NNRV)

यी कुरापछि मैले हेरें, र स्‍वर्गमा गवाहीका मण्‍डपको मन्‍दिर उघारियो।

उत्‍पत्ति 15:5 (NNRV)

अनि उहाँले तिनलाई बाहिर लगेर भन्‍नुभयो, “आकाशतिर हेरेर तारा गन्‍न सक्‍छस्‌ कि सक्दैनस्, गनिहेर।” उहाँले तिनलाई भन्‍नुभयो, “तेरा सन्‍तानहरू पनि त्‍यस्‍तै हुनेछन्‌।”

लेवीहरू 15:5 (NNRV)

जसले त्‍यसको ओछ्यान छुन्‍छ, त्‍यसले आफ्‍ना लुगा धुनुपर्छ, र आफै पनि पानीमा नुहाउनुपर्छ, र साँझसम्‍म त्‍यो अशुद्ध रहनेछ।

यहोशू 15:5 (NNRV)

पूर्वी सिमाना खारा समुद्र यर्दनको अन्‍तसम्‍मै थियो। उत्तरको सिमाना यर्दनको अन्‍तमा झीलको खाड़ीबाट सुरु भएर

न्यायकर्ताहरू 15:5 (NNRV)

त्‍यसपछि तिनले ती राँकाहरू जलाए र ती स्‍यालहरूलाई पलिश्‍तीहरूका पाकिरहेका अन्‍नका बारीहरूमा छोड़िदिए। तिनले पाकिरहेका अन्‍न र बिटासमेत दाखबारी र भद्राक्षका बगैँचाहरू पनि डढ़ाइदिए।

अय्‍यूब 15:5 (NNRV)

तपाईं जे भन्‍नुहुन्‍छ त्‍यो त तपाईंको अधर्मले नै भन्‍न लाउँछ अनि छलको भाषा तपाईं रुचाउनुहुन्‍छ।

हितोपदेश 15:5 (NNRV)

मूर्खले आफ्‍नो बुबाको अनुशासनलाई लत्‍याउँछ, तर सुधारलाई ध्‍यान दिनेले बुद्धिमानी देखाउँछ।

यशैया 15:5 (NNRV)

मेरो मन मोआबको निम्‍ति रुन्‍छ। त्‍यसका शरणार्थीहरू सोअरसम्‍म र एग्‍लत-शलीशियाहसम्‍मै भागेर जान्‍छन्‌। लूहीतको उकालो बाटोमा उनीहरू रुँदै-रुँदै उक्‍लन्‍छन्‌। होरोनैमको बाटोमा उनीहरू आफ्‍नो विनाशको विलाप गर्छन्‌।

यर्मिया 15:5 (NNRV)

“हे यरूशलेम, कसले तँलाई टिठ्याउने? तेरो निम्‍ति कसले शोक गर्नेछ? तिमीहरू कस्‍ता छौ भनी सोध्‍नलाई को अड्‌नेछ र?

इजकिएल 15:5 (NNRV)

यदि त्‍यो सिङ्गै हुँदा पनि केही कामको थिएन भने, आगोले भस्‍म भएर कोइला भएपछि त्‍यो झन्‌ के कामको योग्‍य हुन्‍छ र?

मत्ती 15:5 (NNRV)

तर तिमीहरूचाहिँ भन्‍दछौ, जसले आफ्‍ना बुबा वा आमालाई भन्‍छ, ‘तपाईंले मबाट जे प्राप्‍त गर्न सक्‍नुहुन्‍थ्‍यो, सो परमेश्‍वरलाई चढ़ाइएको छ,’ त्‍यसले आफ्‍ना बाबुको आदर गर्नुपर्दैन।

मर्कूस 15:5 (NNRV)

तर येशूले फेरि केही जवाफ दिनुभएन, यहाँसम्‍म कि पिलातस छक्‍क परे।

लूका 15:5 (NNRV)

हराएको भेड़ा भेट्टाएपछि रमाउँदै त्‍यसलाई आफ्‍नो काँधमा राख्‍छ,

प्रेरित 15:5 (NNRV)

तब फरिसी दलका कतिपय विश्‍वास गर्नेहरूले उभिएर भने, “अन्‍यजातिहरूको खतना हुनु र तिनीहरूलाई मोशाको व्‍यवस्‍था पालन गर्ने आज्ञा दिनु आवश्‍यक छ।”

रोमी 15:5 (NNRV)

स्‍थिरता र उत्‍साहका परमेश्‍वरले तिमीहरूलाई ख्रीष्‍ट येशूसँग एक भएर एक-अर्कासँग एक चित्तका भई जिउन देऊन्,

२ शमूएल 15:5 (NNRV)

जब कुनै मानिस तिनलाई साष्‍टाङ्ग-दण्‍डवत्‌ गर्नलाई आउँथ्‍यो, तब अब्‍शालोमले आफ्‍नो हात पसारेर त्‍यसलाई समाती अँगालो हालेर म्‍वाइँ खान्थे।

१ इतिहास 15:5 (NNRV)

कहातका सन्‍तानबाट: उरीएलचाहिँ मुखिया र तिनका कुटुम्‍बहरू १२० जना।

२ इतिहास 15:5 (NNRV)

मानिसहरू आ-आफ्‍ना काममा आउने-जाने गर्दा तिनीहरू सुरक्षित थिएनन्‌। सारा देशका बासिन्‍दाहरूले हुनसम्‍मको कष्‍ट भोग्‍नुपर्‍यो।

१ शमूएल 15:5 (NNRV)

शाऊल अमालेकको सहरमा गए, र त्‍यहाँ साँघुरो खोँचमा केही समयसम्‍म बसे।

१ राजाहरू 15:5 (NNRV)

किनकि हित्ती उरियाहको विषयमा बाहेक अरू कुरामा दाऊदले परमप्रभुको दृष्‍टिमा जे कुरा ठीक थियो त्‍यही गरेका थिए, र आफ्‍नो जीवन पर्यन्‍त उहाँको कुनै पनि आज्ञा उल्‍लङ्घन गरेका थिएनन्‌।