आश्चर्यजनक कथाहरू: परमेश्वरको प्रबन्धनमूना

आश्चर्यजनक कथाहरू: परमेश्वरको प्रबन्ध

दिन 1 को 5

सबै कुरा परमेश्वरलाई समर्पण - आब्राहाम र इसहाक

एलामले जिज्ञासु राजा जकारलाई बताउँछन् कि कसरी परमेश्वरले उनका मालिक अब्राहामको विश्वासको परीक्षा लिनुभयो।

त्यसपछि एलामले बताउँछन् कि कसरि परमेश्वरले अब्राहामको लागि प्रबन्ध गर्नुभयो र उनको अनुसरण र आज्ञा पालन गर्ने इच्छालाई प्रचुर मात्रामा इनाम दिनुभयो।

अब्राहामको परमेश्वरसँग विशेष सम्बन्ध थियो। परमेश्वरले अब्राहामलाई प्रतिज्ञा गर्नुभयो कि उहाँले उनलाई आकाशका ताराहरू जत्तिकै सन्तान भएको एउटा ठूलो राष्ट्र बनाउनुहुनेछ (उत्पत्ति १५:४)।

विश्वासमा परमेश्वरको निर्देशन पालना गर्ने अब्राहामको निर्णय परमेश्वरको लागि अब्राहामको इच्छाको बलिदान थियो। अत्यन्तै कठिन भए पनि, अब्राहामले परमेश्वरको इच्छा पालना गर्न चाहन्थे र बलिदानको लागि तयार भए। परमेश्वरले अब्राहामको विश्वास देख्नुभयो, एउटा भेडा दिनुभयो, र आफ्नो करारको सम्झना गराउन एक स्वर्गदूत पठाउनुभयो।

विचार गर्नुपर्ने प्रश्नहरू:

१. परमेश्वरले अब्राहामलाई इसहाकसँग के गर्न भन्नुभयो?

२. परमप्रभुको स्वर्गदूत देखा पर्दा के भयो?

३. परमेश्वरले अब्राहामसँग कस्तो प्रतिज्ञा गर्नुहुन्छ?

४. तपाईं विश्वासयोग्य हुँदा परमेश्वरले तपाईंलाई किन मद्दत गर्नुहुन्छ?

धर्मशास्त्र

यस योजनाको बारेमा

आश्चर्यजनक कथाहरू: परमेश्वरको प्रबन्ध

“आश्चर्यजनक कथाहरु" एक शृङ्खला हो जसमा बाइबलका कथाहरूलाई एनिमेटेड भिडियोहरूद्वारा प्रस्तुत गरिएको छ, जसले सम्पूर्ण पवित्रशास्त्रमा भएको परमेश्वरको छुटकाराको कथा बताउदछ। परमेश्वरको बिश्वाशयोग्य व्यवस्था बारेको छोटो एनिमेटेड (जिवन्त) भिडियोले पाँच भागको योजनामा रहेको पुरानो करारको एउटा कथा प्रत्येक दिन सुनाउँछ।

More

हामी यो योजना उपलब्ध गराउनु भएकोमा GNPI लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: amazingstories.media