जकरिया 8:22-23
जकरिया 8:22-23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
धेरै सामर्थी जातिहरू र मानिसहरू यरूशलेममा सर्वशक्तिमान् परमप्रभुको खोजी गर्न र उहाँको निगाह प्राप्त गर्न आउनेछन्।” सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, “ती दिनमा सबै जाति-जातिबाट र सबै भाषा बोल्नेहरूमध्येबाट दश जना मानिसले एउटा यहूदीलाई लुगाको छेउ समातेर यसो भन्नेछन्, ‘हामी तपाईंसितै जानेछौं, किनभने हामीले सुनेका छौं कि परमेश्वर तपाईंसित हुनुहुन्छ’।”
जकरिया 8:22-23 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अनि धेरै मानिसहरू र शक्तिशाली राष्ट्रहरू सेनाहरूका याहवेहलाई खोज्न र उहाँसँग बिन्ती गर्नलाई यरूशलेममा आउनेछन्।” सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: “ती दिनहरूमा सबै भाषा बोल्नेहरू र सबै राष्ट्रहरूबाट, दश जना मानिसहरूले एक जना यहूदीको लबेदाको किनार समातेर यसो भन्नेछन्, ‘हामीलाई तपाईंसँग जान दिनुहोस्; किनकि हामीले सुनेका छौँ, कि तपाईंसँग परमेश्वर हुनुहुन्छ।’ ”
जकरिया 8:22-23 पवित्र बाइबल (NERV)
धेरै मानिसहरू अनि धेरै शक्तिशाली जातिहरू परमप्रभु सर्वशक्तिमानलाई खोज्न यरूशलेम आउँनेछन्। तिनीहरू यहाँ परमप्रभुको उपासना गर्ने आउने छन्। सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “त्यस समय, बिभिन्न जातिहरूबाट बिभन्न भाषाहरू बोल्ने दशजना मानिसहरूले एकजना यहूदी मानिसको लुगाको छेउ समात्नेछ अनि भन्नेछ, ‘हामीले सुनेका छौं कि परमेशवर तिम्रो साथमा हुनुहुन्छ, के हामी उहाँको उपासना गर्न तिमी सित आउँन सक्छौं?’”
जकरिया 8:22-23 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
धेरै मानिसहरू र शक्तिशाली जातिहरू सर्वशक्तिमान् परमप्रभुलाई पुज्न र उहाँको आशीर्वादको निम्ति प्रार्थना गर्न यरूशलेममा आउनेछन्। ती दिनमा अरू जाति र भाषाका दश जना मानिसहरू एक जना यहूदीकहाँ आएर यसो भन्नेछन्, ‘हामीहरूलाई तिमीहरूसँग जान देओ किनभने परमेश्वर तिमीहरूसँग हुनुहुन्छ भनी हामीले सुनेका छौं।’