तीतस 2:13-14
तीतस 2:13-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
र हाम्रो धन्यको आशा— हाम्रा महान् परमेश्वर र मुक्तिदाता येशू ख्रीष्टका महिमाको आगमनको हामी प्रतीक्षा गर्दछौं। ख्रीष्टले हामीलाई सबै अधर्मबाट मोल तिरेर उद्धार गर्नुभयो, सुकर्ममा जोशिलो भएको आफ्नै निम्ति एक विशेष जाति शुद्ध पार्नलाई आफूलाई दिइहाल्नुभयो।
तीतस 2:13-14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब हामी त्यो धन्यको आशा अर्थात् हाम्रा महान् परमेश्वर र मुक्तिदाता येशू ख्रीष्टको महिमाको आगमनको प्रतीक्षा गर्दछौँ, जसले हामीलाई हरेक दुष्टताबाट मोल तिरेर उद्धार गर्नलाई र सुकर्ममा जोशिलो भएको आफ्नै निम्ति एक विशेष जातिलाई शुद्ध पार्न आफ्नो प्राण दिनुभयो।
तीतस 2:13-14 पवित्र बाइबल (NERV)
हाम्रा परमेश्वर र मुक्तिदाता येशू ख्रीष्टको आगमनलाई पर्खिंदा हामीले हाम्रो जीवन यसरी नै बाँच्नुपर्छ। उहाँ हाम्रा महान आशा हुनुहुन्छ, उहाँ आफ्ना महिमा सहित आउनु हुनेछ। उहाँले स्वयंलाई जम्मै दुष्ट्याइँबाट हामीलाई मुक्ति दिन समपर्ण गर्नु भयो। हामीलाई केवल उहाँका मानिस तुल्याउन अनि जो सदैव असल कुराहरू गर्न उत्सुक रहने तुल्याउन उहाँले प्राण त्याग्नु भयो।
तीतस 2:13-14 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यसरी नै आशा राखेको कुरा पूरा हुने दिनको बाटो हामी हेर्दछौं। त्यो दिन पूज्य परमेश्वर र हामीलाई मुक्ति दिनुहुने येशू ख्रीष्टको ठूलो सम्मान् देखा पर्नेछ। येशू ख्रीष्टले हामीलाई सबै किसिमका पापबाट छुटकारा दिनलाई नै आफ्नो प्राण दिनुभयो। उहाँले हामीलाई पवित्र पार्न आफ्नो बनाउनुभयो र असल काम गर्ने जोशिला तुल्याउन यसो गर्नुभयो।