तीतस 1:7-8
तीतस 1:7-8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनभने परमेश्वरको कारिन्दा हुनुपर्ने हुनाले बिशपचाहिँ दोषरहित हुनुपर्छ। तिनी हठी वा झट्टै रीस गर्ने, वा मतवाला, वा झगड़ालु वा धनको लोभी हुनुहुँदैन, तर अतिथिसत्कार गर्ने, भलाइ प्रेमी, आफूलाई वशमा राख्ने, ईमानदार, पवित्र र संयमी हुनुपर्दछ।
तीतस 1:7-8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मण्डली अध्यक्षमाथि परमेश्वरको कामको अभिभारा सुम्पिएको हुनाले तिनी निर्दोष, अहङ्कार नगर्ने, चाँडै नरिसाउने, मद्यपान नगर्ने, झगडा नगर्ने, नीच कमाइको लोभ नगर्ने हुनुपर्छ। बरु तिनी पाहुनासत्कार गर्ने, असल मन पराउने, आत्मसंयमी, इमानदार, भक्तिमा लागेको र अनुशासित हुनुपर्छ।
तीतस 1:7-8 पवित्र बाइबल (NERV)
धर्मगुरूको कार्य परमेश्वर प्रति कामको ख्याल राख्नु हो। यसर्थ कुनै गलत कर्मको निम्ति उनी अभियुक्त हुनु हुँदैन। उनी घमण्डी अनि स्वार्थी हुनु हुँदैन वा झट्ट रिसाउने हुनु हुँदैन। ऊ पियक्कड हुनु हुँदैन। ऊ झगड़ालु अनि ठगेर धनी हुने आकांक्ष भएको हुनु हुँदैन। धर्म-गुरूले मानसिहरूलाई आफ्नो घरमा लगेर सहायता गर्नु पर्छ। उसले जे असल छ त्यसलाई प्रेम गर्नु पर्छ, ज्ञानी हुनु पर्छ, सही अनि पवित्र जीवन जिउनु पर्छ। उसित आत्मा संयम हुनु पर्छ।
तीतस 1:7-8 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मण्डलीको अगुवाले परमेश्वरको कामको जिम्मा लिएका हुन्छन्। यसकारण तिनी कुनै दोष नभएका मानिस हुनुपर्दछ। तिनी आफूखुसी गर्ने, छिट्टै रिसाउने, मात्तिने, मारपिट गर्ने र माग्ने लोभी हुनुहुँदैन। तिनी पाहुनाहरूको सत्कार गर्ने र असल काम, राम्रा कुरा मन पराउने अनि होश राखेर काम गर्ने, न्यायी, पवित्र र आफैंलाई वशमा राख्ने हुनुपर्दछ।