रूथ 1:16-18 - Compare All Versions
रूथ 1:16-18 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
रूथले जवाफ दिइन्, “मलाई फर्केर जान र तपाईंलाई छोड्न कर नगर्नुहोस्। तपाईं जहाँ जानुहुन्छ म पनि त्यहीँ जानेछु। तपाईं जहाँ बस्नुहुन्छ म पनि त्यहीँ नै बस्नेछु। तपाईंका मानिसहरू मेरा मानिसहरू हुनेछन्, अनि तपाईंका परमेश्वर मेरा परमेश्वर हुनेछन्। तपाईं जहाँ मर्नुहुन्छ म पनि त्यहीँ मर्नेछु, र त्यहीँ नै गाड़िनेछु। मृत्युबाहेक अरू कुनै कुराले तपाईं र मलाई अलग गरेमा परमप्रभुले मसँग पनि अति कड़ा व्यवहार गरून्।” रूथले आफूसँग जाने दृढ़ सङ्कल्प गरेकी देखेर नाओमीले अरू केही भनिनन्।
रूथ 1:16-18 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
तर रूथले उत्तर दिइन्, “तपाईंलाई छोड्न भनी मलाई कर नगर्नुहोस्। मलाई तपाईंसँगै जान दिनुहोस्। तपाईं जहाँ जानुहुनेछ र बस्नुहुनेछ, म त्यहीँ जानेछु र बस्नेछु। तपाईंका कुल-कुटुम्ब मेरा कुल-कुटुम्ब हुनेछन्, तपाईंको परमेश्वर मेरो परमेश्वर हुनुहुनेछ। तपाईं जहाँ मर्नुहुनेछ, म त्यहीँ मर्नेछु र त्यहीँ नै गाडिनेछु। मृत्युबाहेक अरू कुनै कुराले मलाई तपाईंबाट अलग पार्नेछैन, त्यसो भयो भने परमेश्वरको महासराप ममाथि परोस्।” रूथले आफूसँग जाने पक्का सङ्कल्प गरिसकेकी रहिछ भनी बुझेर नाओमीले अरू केही भनिनन्।
रूथ 1:16-18 NERV (पवित्र बाइबल)
तर रूथले भनिन्, “तपाईंलाई छाड्न मलाई कर नलगाउनु होस्। मलाई मेरा मानिसहरू तर्फ फर्किएर जान कर नगर्नु होस्। मलाई तपाईंसित नै जानदिनु होस्। तपाईं जहाँ जानुहुन्छ, म त्यहीं जानेछु। तपाईं जहाँ सुत्नु हुन्छ, म त्यहीं सुत्नेछु। तपाईंका मानिसहरू मेरा मानिसहरू हुनेछन्। तपाईंका परमेश्वर मेरा परमेश्वर हुनेछन्। तपाईंको जहाँ मृत्यु हुन्छ म त्यहीं मर्नेछु। अनि म त्यहीं गाडिनेछु। यदि मैले यो प्रतिज्ञा पालन गरिनँ भने म परमप्रभुसित दण्डको याचना गर्छु, केवल मृत्युले मात्र हामीलाई छुट्याउने छ।” नाओमीले देखिन् कि रूथ तिनीसित जान खूबै चाहन्छिन्। यसर्थ नाओमीले तिनीसित बहस गर्न छाडिन्।
रूथ 1:16-18 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर रूथले जवाफ दिइन्, “मलाई तपाईंलाई छोड्न अथवा तपाईंलाई छोडेर फर्कन कर नगर्नुहोस्। तपाईं जहाँ जानुहुन्छ, म त्यहीँ जानेछु। तपाईं जहाँ बस्नुहुन्छ, म त्यहीँ बस्नेछु। तपाईंका मानिसहरू मेरा मानिस हुनेछन्, र तपाईंका परमेश्वर मेरा परमेश्वर हुनुहुनेछ। तपाईं जहाँ मर्नुहुन्छ, म पनि त्यहीँ मर्नेछु र म त्यहीँ गाडिनेछु। मृत्युले बाहेक अरू कुनै कुराले तपाईंबाट मलाई अलग गरेमा याहवेहले मसित अति कठोर व्यवहार गरून्।” रूथले आफूसित जाने सङ्कल्प गरेकी थाहा पाएपछि नाओमीले तिनलाई कर गर्न छोडिन्।