रोमी 9:32 - सबै संस्करणहरू तुलना गर्नुहोस्
रोमी 9:32 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
किन सकेन? किनकि धार्मिकता कर्महरूमाथि आधारित छ भन्ठानेर तिनीहरूले विश्वासद्वारा धार्मिकता खोजेनन्। तिनीहरू ठेस लाग्ने ढुङ्गामा ठक्कर खाएर लड़ेका छन्।
शेयर गर्नुहोस्
रोमी 9 NNRVरोमी 9:32 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
किनभने तिनीहरूले विश्वास नगरीकनै धर्म-कर्म मात्र गरेर परमेश्वरसँग ठीक ठहरिन खोजेका थिए। यसरी धर्म-कर्म गर्न खोजेर तिनीहरूले ख्रीष्टबाट पाउने सित्तैको दानलाई विश्वास गर्नैसकेनन्। यसैकारण तिनीहरूका लागि ख्रीष्टचाहिँ ठेस लाग्ने ढुङ्गाझैँ हुनुभयो।
शेयर गर्नुहोस्
रोमी 9 सरल नेपालीरोमी 9:32 NERV (पवित्र बाइबल)
किन असफल भए? किनभने, आफ्ना कामहरूको आधारमा तिनीहरूले आफैंलाई धर्मी बनाउने कोशिश गरे, विश्वासको आधारमा होइन। तिनीहरू त्यस ढुङ्गामा ठेस लागेर लडे जसले मानिसलाई लडाउँछ।
शेयर गर्नुहोस्
रोमी 9 NERVरोमी 9:32 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किन नसकेको त? किनकि तिनीहरूले यसलाई विश्वासद्वारा होइन, तर कर्मद्वारा प्राप्त गर्न खोजे। उनीहरू “ठक्कर खाने ढुङ्गा” मा ठेस खान पुगे।
शेयर गर्नुहोस्
रोमी 9 NCV