रोमी 8:21 - सबै संस्करणहरू तुलना गर्नुहोस्
रोमी 8:21 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
कि सृष्टि त्यसको आफ्नै विनाशको बन्धनबाट मुक्त गराइनेछ, र त्यसले पनि परमेश्वरका सन्तानको महिमित स्वतन्त्रता प्राप्त गर्नेछ।
रोमी 8:21 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
सृष्टि आफैंले पनि नाशको कैदबाट एक दिन छुटकारा पाएर परमेश्वरका छोरा-छोरीको महान् छुटकारामा सहभागी हुनेछ।
रोमी 8:21 NERV (पवित्र बाइबल)
परमेश्वरले बनाउन भएको हरेक कुरा नाश हुनबाट मुक्त बनाइने छ र परमेश्वरका छोरा-छोरीहरूले महिमा र स्वतन्त्रता प्राप्त गर्नेछन्।
रोमी 8:21 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कि सृष्टि स्वयम् पनि विनाशको दासत्वबाट मुक्त भएर परमेश्वरका सन्तानका महिमित स्वतन्त्रता प्राप्त गर्न सकोस्।