रोमी 8:10-11
रोमी 8:10-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यदि ख्रीष्ट तिमीहरूमा हुनुहुन्छ भने, पापको कारणले तिमीहरूका शरीर मरेका भए तापनि तिमीहरूका आत्मा धार्मिकताको कारणले जिउँदा हुन्छन्। तर यदि येशूलाई मरेकाबाट जीवित पार्नुहुनेका आत्मा तिमीहरूमा वास गर्नुहुन्छ भने, ख्रीष्ट येशूलाई मरेकाबाट जीवित पार्नुहुनेले नै तिमीहरूमा वास गर्नुहुने उहाँका आत्माद्वारा तिमीहरूका मरणशील शरीरलाई पनि जीवन दिनुहुनेछ।
रोमी 8:10-11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर यदि तिमीहरूसँग ख्रीष्ट हुनुहुन्छ भने तिमीहरूको शरीर पापले गर्दा मरेको भए तापनि धार्मिकताले गर्दा आत्माले तिमीहरूलाई जीवन दिनुहुन्छ। अनि यदि येशूलाई मरेकाबाट पुनर्जीवित पार्नुहुने परमेश्वरका आत्मा तिमीहरूभित्र बास गर्नुहुन्छ भने ख्रीष्टलाई मरेकाबाट पुनर्जीवित पार्नुहुनेले नै तिमीहरूका नाशवान् शरीरलाई पनि उहाँकै आत्माद्वारा जीवन दिनुहुनेछ, जुन आत्मा तिमीहरूभित्र बास गर्नुहुन्छ।
रोमी 8:10-11 पवित्र बाइबल (NERV)
किनभने तिमीहरूको शरीर पापले गर्दा मरेकोछ। तर यदि तिमीमा ख्रीष्ट हुनुहुन्छ भने, तब आत्माले जीवन दिंदछ जस्तो ख्रीष्टले तिमीहरूलाई परमेश्वरसित धर्मी तुल्याउनु भयो। परमेश्वरले येशूलाई मृत्युबाट बौराउनु भयो। अनि यदि तिमीहरूमा उहाँको आत्माले वास गर्छ भने, उहाँले तिमीहरूको शरीरलाई पनि जीवन-दान दिनुहुनेछ जुन मरणशील छ। उहाँले तिम्रो शरीरमा आत्माद्वारा जीवन-दान दिन हुन्छ जुन आत्मा तिमीहरूमा बस्छ।
रोमी 8:10-11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
ख्रीष्ट तिमीमा हुनुहुन्छ भने तिम्रो शरीर पापले गर्दा मर्छ तर परमेश्वरको सामु ठीक ठहरिएकोले तिम्रो आत्माचाहिँ जिउँछ। परमेश्वरले ख्रीष्टलाई मरेकोबाट पनि शरीरसँगै फेरि जिउँदो गराउनुभयो। परमेश्वरका आत्मा तिमीहरूभित्र रहनुहुन्छ भने त्यसै गरी तिमीहरूको मर्ने शरीरलाई पनि उहाँले जिउँदो गराउनुहुनेछ।