रोमी 8:1-3
रोमी 8:1-3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसकारण अब ख्रीष्ट येशूमा भएकाहरूलाई दण्डको आज्ञा छैन। पाप र मृत्युको व्यवस्थाबाट मलाई जीवनका आत्माको व्यवस्थाले ख्रीष्ट येशूमा मुक्त पारेको छ। पापमय स्वभावले दुर्बल पारिएको हुनाले व्यवस्थाले जे गर्न सकेन परमेश्वरले गर्नुभयो, अर्थात् उहाँले आफ्ना पुत्रलाई पापमय शरीरको स्वरूपमा पापबलिझैँ पठाउनुभयो। यसरी उहाँले पापलाई शरीरमा नै दण्ड दिनुभयो

रोमी 8:1-3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसकारण अब ख्रीष्ट येशूमा हुनेहरूका लागि दण्डको कुनै आज्ञा छैन। किनकि जीवन दिनुहुने परमेश्वरको आत्माको व्यवस्थाले ख्रीष्ट येशूद्वारा तिमीलाई पाप र मृत्युको व्यवस्थाबाट स्वतन्त्र गरिदिएको छ। किनकि पापमय स्वभावद्वारा कमजोर बनाइएको व्यवस्थाले जे गर्न सकेको थिएन, परमेश्वरले पापको क्षमादान ल्याउनुभयो; उहाँले आफ्नै पुत्रलाई पापमय शरीरको समानतामा हुन पठाउनुभयो। यसरी उहाँले आफ्नै पुत्रको शरीरमा पापलाई दोषी ठहराउनुभयो
रोमी 8:1-3 पवित्र बाइबल (NERV)
यसैले, अब जो-जो ख्रीष्ट येशूका साथ छन् उनीहरूलाई दोषी ठहरइने छैन। किन म दोषी भनेर मानिन्नँ? किनभने ख्रीष्ट येशूमा, जीवनदाता आत्माको विधान जसले जीवन ल्याँउछ त्यसले मलाई मुक्ती दियो। त्यो विधान जसबाट पाप र मृत्यु आउँछ त्यसबाट पनि मलाई मुक्ति दियो। व्यवस्था शक्तिहीन थियो किनभने त्यो व्यवस्था हाम्रा पापपूर्ण स्वभावहरूले कमजोर बनायो। तर व्यवस्थाले गर्न नसकेको काम परमेश्वरले गर्नु भयो। परमेश्वरले आफ्नो पुत्रलाई मनुष्य चोला दिएर यस पृथ्वीमा पठाउनु भयो जुन चोला पाएर मानिसहरूले पापपूर्ण कामहरू गर्छन्। परमेश्वरले आफ्ना पुत्रलाई पापको निम्ति बलिको रूपमा पठाउनु भयो अनि उहाँले पापको र्भत्सना गर्न मनुष्य चोला प्रयोग गर्नु भयो।
रोमी 8:1-3 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमेश्वरले ख्रीष्टमा भरोसा राख्नेहरूलाई दोषी ठहराउनुहुन्न। व्यवस्थाले मेरो पाप चिनाएर मलाई मृत्युदण्डको दोषी ठहराए तापनि ख्रीष्ट येशूमा भएको नयाँ जीवन दिने आत्माको शक्तिले यसबाट मलाई छुटकारा दिएको छ। मानिसको कमजोर शारीरिक स्वभावले गर्दा व्यवस्था पालन गरेर हुन नसक्ने कुरा परमेश्वर आफैंले गर्नुभयो। परमेश्वरले आफ्नै पुत्रलाई पठाउनुभयो। पुत्रचाहिँ पापी मानिसको जस्तै शारीरिक स्वभाव लिएर जन्म लिनुभयो अनि मानिसको पापको निम्ति उहाँलाई दण्ड दिइयो र उहाँको शरीरद्वारा पापको शक्ति नष्ट गर्नुभयो।