रोमी 7:21-25

रोमी 7:21-25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

यसरी एउटा नियमले काम गरेको म पाउँछु। जब म भलो गर्न चाहन्‍छु, तब दुष्‍टतालाई मेरो नजिकै उपस्‍थित पाउँछु। किनकि म मेरो अन्‍तस्‍करणमा परमेश्‍वरको व्‍यवस्‍थामा आनन्‍दित हुन्‍छु, तर मेरा अङ्गहरूमा अर्को नियमले मेरो मनमा रहेको नियमसँग युद्ध गर्दछु, र मेरा अङ्गहरूमा वास गर्ने पापको नियमले मलाई बन्‍धनमा पार्दछ। हाय, म कस्‍तो दुःखी मानिस! यस मृत्‍युको शरीरबाट मलाई कसले छुटाउला? येशू ख्रीष्‍ट हाम्रा प्रभुद्वारा नै— परमेश्‍वरलाई धन्‍यवाद होस्‌। त्‍यसैले म स्‍वयम्‌ आफ्‍नो मनले त परमेश्‍वरका व्‍यवस्‍थाको सेवा गर्दछु, तर मेरो पापमय स्‍वभावद्वारा चाहिँ म पापका व्‍यवस्‍थाको सेवा गर्दछु।

शेयर गर्नुहोस्
रोमी 7 पढ्नुहोस्

रोमी 7:21-25 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

यसकारण व्यवस्थाले काम गरिरहेको म पाउँछु: यद्यपि म असल काम गर्न चाहन्छु, तर दुष्‍टता मेरो छेउमा मसँगै हुन्छ। किनकि मेरो भित्री हृदयमा परमेश्‍वरको व्यवस्थामा म खुशी हुन्छु। तर ममा अर्को व्यवस्थाले पनि काम गरिरहेको म देख्दछु। जो मेरो मनको व्यवस्थाविरुद्ध युद्ध गरेर मलाई पापको व्यवस्थाको बन्दी बनाई मभित्र काम गरिरहेको हुन्छ। हाय, म कस्तो दुःखी मानिस! मलाई यस मृत्युको शरीरबाट कसले स्वतन्त्र गराउने? परमेश्‍वरलाई धन्यवाद होस्। हाम्रा प्रभु येशू ख्रीष्‍टले मलाई स्वतन्त्र गराउनुहुन्छ! यसकारण म स्वयम् मेरो मनमा परमेश्‍वरको व्यवस्थाको सेवक हुँ, तर मेरो शारीरिक स्वभावमा पापको व्यवस्थाको सेवक हुँ।

शेयर गर्नुहोस्
रोमी 7 पढ्नुहोस्

रोमी 7:21-25 पवित्र बाइबल (NERV)

त्यसैले मैले आफैंमा एउटा विधान भेटें जब म असल गर्न चाहन्छु मभित्र सधैँ दुष्ट रहन्छ। भित्रीरूपले म परमेश्वरको व्यवस्थासँग खुशी छु। तर म मेरो शरीरमा अर्कै व्यवस्थाले काम गरिरहेको पाउँछु। त्यो विधान मभित्रको विधानसित झगडा़ गरिरहेछ। त्यो अर्को विधान पापको विधान हो अनि त्यसले मलाई कैदी बनाउँछ। म कति दयनीय छु! मृत्यु ल्याउने यस कुराबाट मलाई कसले बचाउँछ? परमेश्वरले मलाई बचाउनु हुनेछ! म उहाँलाई हाम्रो प्रभु येशू ख्रीष्ट मार्फत धन्यवाद चढाउँदछु! यसकारण अब म मानसिक रूपले परमेश्वरको व्यवस्थाको दास हुँ। तर मेरो पापपूर्ण स्वभावमा म पापको विधानको दास छु।

शेयर गर्नुहोस्
रोमी 7 पढ्नुहोस्

रोमी 7:21-25 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

यसकारण असल काम गर्न खोज्‍दाखोज्‍दै पनि खराब काम मेरो साथ हुन्‍छ। यही नियमले मेरो जीवनमा काम गरेको अनुभव म गर्छु। मेरो आत्‍माचाहिँ परमेश्‍वरको नियमले खुसी हुन्‍छ। तर ममा भने म अर्कै शक्तिले काम गरेको देख्‍छु। यो शक्तिचाहिँ मेरो आफ्‍नै मनले मान्‍न खोजेको नियमको विरोधमा लड्छ। यसैले मलाई पापको कैदी बनाउँछ र पापले ममाथि राज गर्छ। मेरो हालत यस्‍तै छ, म आफैं त मन र आत्‍माले परमेश्‍वरको सेवा गर्छु तर ममा रहेको शारीरिक स्‍वभावले कमारोजस्‍तै पापकै सेवा गर्दछ, अहो म कस्‍तो अभागी मानिस, पाप र मृत्‍युको कैदबाट कसले मलाई छुटकारा देला? तर परमेश्‍वरलाई धन्‍यवाद होस्। हाम्रा ख्रीष्‍ट येशूले नै यसबाट हामीलाई छुटकारा दिनुभएको छ।

शेयर गर्नुहोस्
रोमी 7 पढ्नुहोस्