रोमी 7:18-19
रोमी 7:18-19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनकि मलाई थाहा छ, कि ममा, अर्थात् मेरो पापमय स्वभावमा केही असल कुराले वास गर्दैन। जे असल छ, त्यो गर्ने इच्छा ममा छ, तर म त्यो पूरा गर्न सक्दिनँ। किनभने असल काम जो म गर्न चाहन्छु, त्यो म गर्दिनँ, तर दुष्ट काम, जो म गर्न चाहन्नँ, त्यही म गर्ने गर्छु।
रोमी 7:18-19 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि म जान्दछु, ममा केही असल कुराको बास छैन अर्थात् मेरो शारीरिक स्वभावमा केही असल कुराले बास गर्दैन। किनकि ममा असल काम गर्ने इच्छा छ, तर सो म गर्न सक्दिनँ। किनकि जे असल छ, त्यो म गर्न चाहन्छु, म त्यो गर्दिनँ, तर खराब काम जो म गर्न चाहन्नँ, त्यही म गरिरहन्छु।
रोमी 7:18-19 पवित्र बाइबल (NERV)
हो, म जान्दछु कि राम्रो भन्ने केही कुरो ममा छैन, म असल कुरा गर्न चाहन्छु तर गर्न असमर्थ छु। आफूले चाहेको असल कुरा पनि म गर्दिनँ। त्यसको बदली गर्न नचाहेको नराम्रो कुरा चाहिं म गर्छु।
रोमी 7:18-19 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
कुनै असल कुराले मभित्र बास गर्दैन। मैले भनेको यो मेरो शारीरिक स्वभाव हो किनभने असल काम गर्ने इच्छा मभित्र हुँदाहुँदै पनि म यो गर्न सक्तिनँ। मैले इच्छा गरेको असल काम म गर्दिनँ; तर उल्टो मैले गर्न नचाहेको खराब कामचाहिँ म गरिरहन्छु।