रोमी 6:13-14
रोमी 6:13-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
आफ्ना शरीरका अङ्गहरू दुष्टताका साधनको रूपमा पाप गर्नलाई समर्पण नगर। तर मृत्युबाट जीवनमा ल्याइएका मानिसहरूजस्तै आफैलाई परमेश्वरकहाँ दिइहाल, र शरीरका अङ्गहरूलाई धार्मिकताका साधनजस्तै परमेश्वरकहाँ समर्पण गर। किनकि पापले तिमीहरूमाथि राज्य गर्नेछैन, किनकि तिमीहरू व्यवस्थाको अधीनमा छैनौ, तर अनुग्रहको अधीनमा छौ।
रोमी 6:13-14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
आफ्ना शरीरका कुनै पनि अङ्गलाई दुष्टताको हतियारको रूपमा पापको निम्ति अर्पण नगर। तर मृत्युबाट जीवन पाएकाहरूझैँ, आफूलाई परमेश्वरका निम्ति अर्पण गर, र आफ्ना शरीरका सबै अङ्गहरूलाई धार्मिकताको हतियारको रूपमा अर्पण गर। अब उसो पाप तिम्रो मालिक हुनेछैन; किनकि तिमी व्यवस्थाको होइन, तर अनुग्रहको अधीनमा छौ।
रोमी 6:13-14 पवित्र बाइबल (NERV)
तिम्रा शरीरका अंगहरूलाई पापर्कम र दुष्टकर्महरू गर्नलाई अर्पण नगर। बरू आफू मृत्युबाट जिउँदो भएको कारण स्वयंलाई परमेश्वरप्रति समर्पित गर। राम्रो कामको लागि तिम्रा शरीरका अङ्गग परमेश्वरको सेवामा अर्पण गर। पाप तिम्रो स्वामी हुनेछैन। किनभने तिमी व्यवस्थाको अधीनमा छैनौ। तिमीहरू अब परमेश्वरको अनुग्रहमा छौ।
रोमी 6:13-14 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
कुनै पनि आफ्ना अङ्ग दुष्ट काम गर्न पापलाई नचढाओ। तर मरेर पनि फेरि असल कामको लागि जिउने मानिसहरूजस्तै आफ्नो पूरै जीवन परमेश्वरकहाँ चढाओ र आफ्ना अङ्ग असल काम गर्न उहाँलाई चढाओ। पापले तिमीहरूमाथि राज गर्नेछैन किनभने तिमीहरू व्यवस्थाको अधीनमा होइन तर अनुग्रहको अधीनमा छौ।
