रोमी 5:2-4
रोमी 5:2-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँद्वारा हामीले यस अनुग्रहमा विश्वासद्वारा प्रवेश पाएका छौं। यस अनुग्रहमा हामी खड़ा छौं, र परमेश्वरका महिमाको सहभागी हुने हाम्रो आशामा हामी रमाउँछौं। यति मात्र होइन, तर हामी आफ्नो सङ्कष्टमा रमाउँछौं, यो जानेर कि सङ्कष्टले सहनशीलता उत्पन्न गराउँछ, सहनशीलताले चरित्र, र चरित्रले आशा उत्पन्न गराउँछ।
रोमी 5:2-4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अनि ख्रीष्टद्वारा हामीले प्राप्त गरेको विश्वासको कारण यस अनुग्रहमा हाम्रो पहुँच छ, जसमा हामी अहिले खडा छौँ। परमेश्वरको महिमाको आशामा हामी रमाउँछौँ। यति मात्र होइन, तर हाम्रो दुःख-कष्टमा पनि हामी रमाउँछौँ, किनकि हामी जान्दछौ, दुःख-कष्टले सहनशीलता, सहनशीलताले परिपक्वता र परिपक्वताले आशा उत्पन्न गराउँछ।
रोमी 5:2-4 पवित्र बाइबल (NERV)
ख्रीष्टको माध्यम र हाम्रो विश्वासको कारण हामीले अनुग्रहमा प्रवेश पाएकाछौं जहाँ हामी अहिले उभिएकाछौं अनि परमेश्वरको महिमा पाउने आशामा हामी आनन्द मनाइरहेछौं। त्यति मात्र होइन हामी आफ्ना दुःखहरूमा पनि खुशी छौं। किन हामी आफ्ना दुःखहरूमा पनि खुशी छौं? किनभने हामी जान्दछौं कि ती दुःखहरूले हामीलाई संयमी बनाउँदछ। अनि यही संयमले हामीलाई प्रमाण गर्दछ कि हामी बलिया छौं। अनि यस्तो प्रमाणहरूले हामीलाई आशा प्रदान गर्दछ।
रोमी 5:2-4 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
उहाँले हामीलाई विश्वासद्वारा परमेश्वरको अनुग्रहमा ल्याउनुभएको छ। अहिले हामी त्यही क्षमा दिने अनुग्रहमा छौं। हामीहरू परमेश्वरको महिमामा सहभागी हुने आशामा रमाउँछौं। त्यति मात्र होइन, दु:खमा पनि हामी खुसी छौं किनभने दु:खले दु:ख सहने शक्ति दिन्छ, दु:ख सहने शक्तिले हामीलाई पाको बनाउँछ। हामी पाको भएपछि आउँदो समयको लागि साहस र आशा पाउँछौं।