Skip to content
बाइबल एप लोगो

रोमी 5:14 - सबै संस्करणहरू तुलना गर्नुहोस्

रोमी 5:14 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

आदमदेखि लिएर मोशासम्‍मका मानिसहरूमाथि मृत्‍युले राज्‍य गर्‍यो, तिनीहरूमाथि पनि जसले आदमले गरेजस्‍तो अपराध गरेका थिएनन्‌। ती आदमचाहिँ आउनुहुनेको प्रतिरूप थिए।

शेयर गर्नुहोस्
रोमी 5 NNRV

रोमी 5:14 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

तैपनि आदमको समयदेखि व्यवस्था लेख्‍ने मोशाको समयसम्‍म मृत्‍युले सबै मानिसमाथि राज्‍य गर्‍यो। तिनीहरूले गरेको पाप आदमले परमेश्‍वरको खास आज्ञा नमानेको झैँ नभए पनि तिनीहरू मर्नुपर्‍यो। आदमले गरेको कामको फल सबै मानिसले पाएझैँ ख्रीष्‍टले गरेको कामको फल पनि सबैले पाउँछन्। यसरी आदम ख्रीष्‍टको नमुना भए।

शेयर गर्नुहोस्
रोमी 5 सरल नेपाली

रोमी 5:14 NERV (पवित्र बाइबल)

तर आदमको समयदेखि मोशाको समयसम्म, सबै मानिसहरूलाई मर्नु नै थियो। आदमले परमेश्वरको आज्ञा पालन नगर्नाले मर्नु पर्यो। तर आदमले जस्तो अन्य मानिसहरूले पाप नगरे तापनि तिनीहरूले मर्नु पर्यो। आदम ख्रीष्ट जस्तै थिए जो भविष्यमा संसारमा आइरहेका थिए।

शेयर गर्नुहोस्
रोमी 5 NERV

रोमी 5:14 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

तर आदमदेखि मोशासम्म नै मृत्युले शासन गर्‍यो। तिनीहरूमाथि पनि आइलाग्यो जसले आदमले जस्तो आज्ञा तोडेर पाप गरेका थिएनन्। आदम, जो पछि आउनुहुनेका एक प्रतिरूप हुन्।

शेयर गर्नुहोस्
रोमी 5 NCV