रोमी 5:12-18

रोमी 5:12-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

एक जना मानिसद्वारा संसारमा पाप आयो, र पापबाट मृत्‍यु। यसरी सबै मानिसले पाप गरेका हुनाले सबै मानिसमा मृत्‍यु फैलियो। व्‍यवस्‍था दिइन अघि पनि संसारमा पाप थियो, तर जहाँ व्‍यवस्‍था छैन, त्‍यहाँ पापको लेखा पनि हुँदैन। आदमदेखि लिएर मोशासम्‍मका मानिसहरूमाथि मृत्‍युले राज्‍य गर्‍यो, तिनीहरूमाथि पनि जसले आदमले गरेजस्‍तो अपराध गरेका थिएनन्‌। ती आदमचाहिँ आउनुहुनेको प्रतिरूप थिए। सित्तैँको वरदान र त्‍यस अपराधमा केही समानता छैन। किनकि एक जना मानिसको अपराधले गर्दा धेरै मरे भनेता झन्‌ बढ़ी परमेश्‍वरको अनुग्रह र एक जना मानिसको, अर्थात्‌ येशू ख्रीष्‍टद्वारा आएको सित्तैँको वरदान धेरैका निम्‍ति प्रशस्‍त भयो। सित्तैँको वरदानचाहिँ त्‍यस एक जना मानिसको पापको नतीजाजस्‍तै होइन। किनकि एउटा अपराधको इन्‍साफले दण्‍डको आज्ञा ल्‍यायो, तर धेरै अपराधका पछि आउने सित्तैँको वरदानले निर्दोषीकरण ल्‍याउँछ। यदि एउटै मानिसको अपराधले गर्दा त्‍यस मानिसद्वारा मृत्‍युले राज्‍य गर्‍यो भनेता झन्‌ बढ़ी प्रशस्‍त अनुग्रह र धार्मिकताका सित्तैँको वरदान पाउनेहरूले एउटै मानिस येशू ख्रीष्‍टद्वारा जीवनमा राज्‍य गर्नेछन्‌। यसैले जसरी एउटै मानिसको अपराधले सबै मानिसहरू दण्‍डका भागीदार बने, त्‍यसरी नै एउटै मानिसको धार्मिकताको कामले सबै मानिसका निम्‍ति धर्मी ठहराएर जीवन ल्‍याउँछ।

शेयर गर्नुहोस्
रोमी 5 पढ्नुहोस्

रोमी 5:12-18 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

यसकारण जसरी एक जना मानिस आदमद्वारा संसारमा पाप प्रवेश गर्‍यो, र पापद्वारा मृत्यु आयो। यसरी नै सबै मानिसमा मृत्यु फैलियो; किनकि सबैले पाप गरेका छन्। किनकि व्यवस्था दिइनुअगि नै संसारमा पाप थियो, तर जहाँ व्यवस्था छैन, त्यहाँ पापको लेखा पनि हुँदैन। तर आदमदेखि मोशासम्म नै मृत्युले शासन गर्‍यो। तिनीहरूमाथि पनि आइलाग्यो जसले आदमले जस्तो आज्ञा तोडेर पाप गरेका थिएनन्। आदम, जो पछि आउनुहुनेका एक प्रतिरूप हुन्। तर परमेश्‍वरको वरदान अपराध जस्तो होइन; किनकि यदि एउटै मानिस आदमको अपराधको कारणले धेरै जना मरे भने त्योभन्दा कति धेरै परमेश्‍वरको अनुग्रह तथा एक जना मानिसको, अर्थात् येशू ख्रीष्‍टको अनुग्रहको वरदान धेरैका लागि प्रशस्त भयो! परमेश्‍वरको वरदानलाई एक जना मानिस आदमको पापको परिणामसँग तुलना गर्न सकिँदैन: एउटै पापले न्याय र दण्ड ल्यायो; तर अनुग्रहको वरदानले अनेकौँ अपराधहरूबाट निर्दोषीकरण गरायो। किनकि जब एउटा मानिस आदमको अपराधको कारण त्यही एउटै मानिसद्वारा मृत्युले शासन गर्‍यो भने एउटै मानिस येशू ख्रीष्‍टद्वारा परमेश्‍वरको अनुग्रहको प्रशस्तताले र धार्मिकताको वरदानले जीवनमा कति बढी राज्य गर्नेछ! यसकारण जसरी एक जनाको अपराधले सबै मानिसमाथि दण्डको आज्ञा भयो, त्यसरी नै एक जनाको धार्मिकताको कार्यले पनि सबै मानिसहरूमा निर्दोषीकरण र जीवन ल्यायो।

शेयर गर्नुहोस्
रोमी 5 पढ्नुहोस्

रोमी 5:12-18 पवित्र बाइबल (NERV)

पाप संसारमा एकजना मानिसको कारणले आएको हो। अनि पापसँग मृत्यु पनि आयो। यसैले गर्दा सबै मानिसहरू मर्नै पर्ने भयो, किनभने सबैले पाप गरेका छन्। मोशाको व्यवस्था अघि पनि संसारमा पाप थियो। तर त्यहाँ व्यवस्था नभएको भए परमेश्वरले मानिसलाई पापको दोषी ठहर्याउनु हुने थिएन। तर आदमको समयदेखि मोशाको समयसम्म, सबै मानिसहरूलाई मर्नु नै थियो। आदमले परमेश्वरको आज्ञा पालन नगर्नाले मर्नु पर्यो। तर आदमले जस्तो अन्य मानिसहरूले पाप नगरे तापनि तिनीहरूले मर्नु पर्यो। आदम ख्रीष्ट जस्तै थिए जो भविष्यमा संसारमा आइरहेका थिए। तर परमेश्वरको सितैको वरदान आदमको पाप जस्तो होइन। धेरै जना त्यस एकजना मानिसको पापको कारणले गर्दा मरे। तर परमेश्वरको अनुग्रह अत्यन्त महान थियो। धेरै मानिसहरूले परमेश्वरबाट जीवन-दान पाए त्यो एउटै मानिस येशू ख्रीष्टको अनुग्रहद्वारा पाइएको हो। जब आदमले पाप गरे, उनी पापी भनेर न्याय गरिए। तर परमेश्वरको उपहार भिन्नै छ। परमेश्वरको मुल्यरहित उपहारले मानिसहरूलाई धर्मी तुल्याउँदछ। एकजना मानिसको पापले गर्दा मृत्युले सबैमाथि राज गर्यो। यसकारण जसले परमेश्वरको पूर्ण अनुग्रह र उहाँको धार्मिकताको महान उपहार स्वीकार गर्छन् तिनीहरूले सत्य जीवन पाउँछन् र एक मात्र येशू ख्रीष्टद्वारा शासित हुन्छन्। यसैले एउटा मानिसको पापले सबै मानिसहरूमाथि मृत्युको दण्ड ल्यायो। तर त्यस्तै प्रकाले, ख्रीष्टले एउटा असल काम गर्नुभयो जुन कामले सबै मानिसहरूलाई धार्मिक बनाउँदछ र अनन्त जीवन ल्याउदछ।

शेयर गर्नुहोस्
रोमी 5 पढ्नुहोस्

रोमी 5:12-18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

सृष्‍टिको पहिलो मानिस आदमबाट नै संसारमा पाप आयो र उनको पापले मृत्‍यु ल्‍यायो र सबै मानिसमा मृत्‍यु फैलियो किनभने सबै मानिसले पाप गरे। परमेश्‍वरले व्यवस्था दिनुभन्दा पहिले नै संसारमा पाप थियो, तर व्यवस्था नभएकोले पापको हिसाब पनि भएन। तैपनि आदमको समयदेखि व्यवस्था लेख्‍ने मोशाको समयसम्‍म मृत्‍युले सबै मानिसमाथि राज्‍य गर्‍यो। तिनीहरूले गरेको पाप आदमले परमेश्‍वरको खास आज्ञा नमानेको झैँ नभए पनि तिनीहरू मर्नुपर्‍यो। आदमले गरेको कामको फल सबै मानिसले पाएझैँ ख्रीष्‍टले गरेको कामको फल पनि सबैले पाउँछन्। यसरी आदम ख्रीष्‍टको नमुना भए। तर परमेश्‍वरको सित्तैंको दान र आदमको पापमा कति भिन्‍नता? यो ठीक हो। धेरै मानिस एकै जनाको पापको कारणले मरे; तर पछि आउनुभएका ख्रीष्‍टले त झन् परमेश्‍वरको अनुग्रहले धेरैधेरै मानिसहरूलाई सित्तैमा मुक्ति दिनुभयो। फेरि यो सित्तैको दानको फल एउटा मानिसले गरेको पापको फलजस्‍तो होइन। आदमको एउटै पापले गर्दा मानिसहरू दोषी ठहराइए र तिनीहरू सजायको भागी भए। तर मानिसहरूले धेरै पाप गरेपछि परमेश्‍वरले तिनीहरूलाई सित्तै निर्दोष ठहराउनुभयो। एउटा मानिसले पाप गर्दा मृत्‍युले सबै मानिसमाथि राज्‍य गर्‍यो। त्‍यसरी नै परमेश्‍वरले प्रशस्‍त दया गरेर मानिसलाई ठीक ठहराउनुभयो। यिनीहरू एउटै मानिस येशू ख्रीष्‍टद्वारा जिउनेछन् र विजयी जीवनमा राज्‍य गर्नेछन्। जसरी एउटै पापले सबै मानिस मृत्‍युदण्‍डका भागी भए, त्‍यसरी नै एउटै धार्मिक कामले सबै मानिस परमेश्‍वरको सामु ठीक ठहराइएर जीवन पाउने भए।

शेयर गर्नुहोस्
रोमी 5 पढ्नुहोस्