रोमी 5:12-13
रोमी 5:12-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
एक जना मानिसद्वारा संसारमा पाप आयो, र पापबाट मृत्यु। यसरी सबै मानिसले पाप गरेका हुनाले सबै मानिसमा मृत्यु फैलियो। व्यवस्था दिइन अघि पनि संसारमा पाप थियो, तर जहाँ व्यवस्था छैन, त्यहाँ पापको लेखा पनि हुँदैन।
रोमी 5:12-13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसकारण जसरी एक जना मानिस आदमद्वारा संसारमा पाप प्रवेश गर्यो, र पापद्वारा मृत्यु आयो। यसरी नै सबै मानिसमा मृत्यु फैलियो; किनकि सबैले पाप गरेका छन्। किनकि व्यवस्था दिइनुअगि नै संसारमा पाप थियो, तर जहाँ व्यवस्था छैन, त्यहाँ पापको लेखा पनि हुँदैन।
रोमी 5:12-13 पवित्र बाइबल (NERV)
पाप संसारमा एकजना मानिसको कारणले आएको हो। अनि पापसँग मृत्यु पनि आयो। यसैले गर्दा सबै मानिसहरू मर्नै पर्ने भयो, किनभने सबैले पाप गरेका छन्। मोशाको व्यवस्था अघि पनि संसारमा पाप थियो। तर त्यहाँ व्यवस्था नभएको भए परमेश्वरले मानिसलाई पापको दोषी ठहर्याउनु हुने थिएन।
रोमी 5:12-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
सृष्टिको पहिलो मानिस आदमबाट नै संसारमा पाप आयो र उनको पापले मृत्यु ल्यायो र सबै मानिसमा मृत्यु फैलियो किनभने सबै मानिसले पाप गरे। परमेश्वरले व्यवस्था दिनुभन्दा पहिले नै संसारमा पाप थियो, तर व्यवस्था नभएकोले पापको हिसाब पनि भएन।