रोमी 4:20-21
रोमी 4:20-21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमेश्वरको प्रतिज्ञाबारे कुनै शङ्काले उनलाई डगमगाउन सकेन, तर आफ्नो विश्वासमा दह्रिलो भएर उनले परमेश्वरलाई महिमा दिए। प्रतिज्ञा गर्नुभएको कुरा परमेश्वरले गर्न पनि सक्नुहुन्छ भन्ने अब्राहामलाई पूरा निश्चय थियो।
शेयर गर्नुहोस्
रोमी 4 पढ्नुहोस्रोमी 4:20-21 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
परमेश्वरको प्रतिज्ञामा अविश्वास गरी विचलित भएनन्, तर परमेश्वरलाई महिमा दिँदै तिनी आफ्ना विश्वासमा झन् बलिया भए। परमेश्वर आफ्नो प्रतिज्ञा पूरा गर्नलाई सक्षम् हुनुहुन्छ भन्ने कुरामा अब्राहाम पूर्ण रूपले निश्चित थिए।
शेयर गर्नुहोस्
रोमी 4 पढ्नुहोस्रोमी 4:20-21 पवित्र बाइबल (NERV)
परमेश्वरले प्रतिज्ञा गर्नु भएको कुरा गर्नुहुनेछ भन्ने कुरामा अब्राहामले किहिल्यै शंका गरेनन्। अब्राहमले आफ्नो विश्वास गुमाएनन्। बरू, उनको विश्वास अझ दृढ भयो अनि उनले परमेश्वरको प्रशंसा गरे। आफूले दिनुभएको प्रतिज्ञा पूर्ण गर्नमा परमेश्वर सामर्थी हुनुहुन्छ भन्ने कुरामा अब्राहाम पूर्णरूपले निश्चिन्त थिए।
शेयर गर्नुहोस्
रोमी 4 पढ्नुहोस्