रोमी 4:1-3
रोमी 4:1-3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अब, शरीरअनुसारका हाम्रा पुर्खा अब्राहामको सम्बन्धमा हामी के भनौं त? यदि अब्राहाम कामद्वारा धर्मी ठहरिएका भए उनलाई घमण्ड गर्ने केही ठाउँ रहनेथियो, तर परमेश्वरको अगाडि त होइन। किनकि पवित्र-शास्त्रले के भन्छ? “अब्राहामले परमेश्वरमाथि विश्वास गरे, र त्यो उनको निम्ति धार्मिकता गनियो।”
रोमी 4:1-3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अब शरीरअनुसार हाम्रा पुर्खा अब्राहामको बारेमा के भनौँ त, उनले यस सम्बन्धमा के बुझे त? यदि अब्राहाम आफ्ना कामले धर्मी ठहराइएका भए उनले यसको घमण्ड गर्न सक्थे, तर परमेश्वरको अगि त होइन। धर्मशास्त्रले के भन्दछ? “अब्राहामले परमेश्वरलाई विश्वास गरे, र यो उनको निम्ति धार्मिकता गनियो।”
रोमी 4:1-3 पवित्र बाइबल (NERV)
यसकारण हाम्रा मानिसहरूका पुर्खा अब्राहाम बारे हामी के निष्कर्षमा पुग्छौं? विश्वासको बारेमा उनले के सिके? यदि उनले गरेकै कर्मबाट धार्मिक बनाइएको हो भने, तब उनले घमण्ड गर्ने कारण थियो। तर अब्राहामले परमेश्वरको सामु घमण्ड गर्न सकेनन्। धर्माशस्त्रले भन्छ, “अब्राहामले परमेश्वरमाथि विश्वास गरे। अनि उनको विश्वास परमेश्वरले एक धर्मीको रूपमा गन्नुभयो।”
रोमी 4:1-3 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यसो भए हामी हाम्रा जातिका पुर्खा अब्राहामका बारेमा के भनौं? उनले के पाए? विश्वासले परमेश्वरको सामु ठीक ठहरिने सुविधा पाए। यदि उनले गरेका कुनै कामबाट परमेश्वरको सामु उनी ठीक ठहरिएका भए उनलाई घमण्ड गर्ने बाटो हुनेथियो। तर परमेश्वरको सामु उनीसँग घमण्ड गर्ने बाटो थिएन। धर्मशास्त्रमा लेखिएको छ, “अब्राहामले परमेश्वरमा विश्वास गरे। उनको त्यही विश्वासले गर्दा परमेश्वरले उनलाई ठीक ठहराउनुभयो।”