Skip to content
बाइबल एप लोगो

रोमी 3:9 - सबै संस्करणहरू तुलना गर्नुहोस्

रोमी 3:9 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

उसो भए के हामी यहूदीहरू अझ असल छौं त? अवश्‍य छैनौं, किनकि सबै मानिस, यहूदी र अन्‍यजातिहरू दुवै पापको वशमा छन्‌ भनी मैले दोष लगाइसकेको छु।

शेयर गर्नुहोस्
रोमी 3 NNRV

रोमी 3:9 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

त्‍यसो भए के अरूहरूभन्दा हामी यहूदीहरू बेस छौं त? एकदमै होइन। मैले अघि नै देखाइसकेको छु: यहूदी र अरूहरू पनि सबै समान रूपले पापका पन्‍जामा छन्।

शेयर गर्नुहोस्
रोमी 3 सरल नेपाली

रोमी 3:9 NERV (पवित्र बाइबल)

यसकारण हामी यहूदीहरू के अन्य मानिसहरू भन्दा श्रेष्ट छौं? होइन, कदापि छैनौं। हामीले पहिल्यै भनिसकेका छौं कि यहूदीहरू र गै-यहूदीहरू सबै समानरूपले पापको शक्ति मुनि छौं।

शेयर गर्नुहोस्
रोमी 3 NERV

रोमी 3:9 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

त्यसो हो भने के हामी यहूदीहरू उनीहरूभन्दा असल छौँ त? कदापि छैनौँ! हामीले अगि नै यहूदी र गैरयहूदीहरू दुवै पापको शक्तिको अधीनमा भएको प्रमाणित गरिसकेका छौँ।

शेयर गर्नुहोस्
रोमी 3 NCV