रोमी 3:23-27
रोमी 3:23-27 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनकि सबैले पाप गरेका छन्, र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्। परमेश्वरका अनुग्रहको वरदानले ख्रीष्ट येशूमा भएको उद्धारबाट तिनीहरू सित्तैँमा धर्मी ठहरिएका छन्। परमेश्वरले ख्रीष्टलाई उहाँको रगतद्वारा प्रायश्चितको बलिदान स्वरूप प्रस्तुत गर्नुभयो, जुन प्रायश्चित विश्वासद्वारा ग्रहण गर्नुपर्दछ। यो काम परमेश्वरले आफ्नो धार्मिकता देखाउनलाई गर्नुभयो, किनभने उहाँको ईश्वरीय धैर्यमा अगाडिका पापहरूलाई उहाँले वास्ता गर्नुभएको थिएन। परमेश्वर आफै धर्मी हुनुहुन्छ र येशूमा विश्वास राख्नेहरूलाई उहाँले धर्मी ठहराउनुहुन्छ भन्ने कुरा प्रमाण गर्नलाई उहाँले वर्तमान समयमा यो गर्नुभयो। तब हाम्रो घमण्ड कहाँ गयो? त्यसको त ठाउँ नै छैन। कुन सिद्धान्तमा यसो गर्ने त? यो कर्मको सिद्धान्तद्वारा हुने? कदाचित् होइन! यो त विश्वासको सिद्धान्तबाट मात्र हुन सक्छ।
रोमी 3:23-27 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि सबैले पाप गरेका छन्, र परमेश्वरको महिमाबाट टाढा भएका छन्; र परमेश्वरको अनुग्रहले ख्रीष्ट येशूबाट आउने उद्धारद्वारा सबै जना सित्तैँमा धर्मी ठहराइएका छन्। परमेश्वरले ख्रीष्टलाई उहाँको रगत बगाइद्वारा पाप क्षमाको बलिदानको रूपमा प्रस्तुत गर्नुभयो; जुन विश्वासद्वारा ग्रहण गर्नुपर्दछ। यो उहाँले आफ्नो धार्मिकता प्रकट गर्नलाई यसो गर्नुभएको थियो; किनकि उहाँको सहनशीलतामा पहिले गरिएका पापहरू उहाँले दण्ड दिनुभएन। परमेश्वरले वर्तमान समयमा आफ्नो धार्मिकता प्रकट गर्नलाई यसो गर्नुभयो, ताकि उहाँले आफैँलाई र येशूमा विश्वास गर्नेहरूलाई धर्मी ठहराउन सक्नुभएको होस्। अब के कुरामा घमण्ड गर्ने त? किनकि घमण्ड गर्ने ठाउँ नै छैन। कुन नियमको आधारमा घमण्ड गर्ने? कामको व्यवस्थाद्वारा हो? होइन, तर विश्वासको सिद्धान्तद्वारा हो।
रोमी 3:23-27 पवित्र बाइबल (NERV)
सबै मानिसहरूले पाप गरेका छन् अनि परमेश्वरको महिमासम्म पुग्न चुकेका छन्। मानिसहरू परमेश्वरको अनुग्रहद्वारा धर्मी बनाइए। यो सित्तैको उपहार हो। येशू ख्रीष्टको माध्यमद्वारा परमेश्वरले मानिसहरूलाई पापबाट मुक्त गराउँदै धर्मी बनाउनु हुन्छ। परमेश्वरले हामीहरूका पापहरूको छुटकाराको निम्ति येशूलाई पठाउनु भयो। तिनीहरूका विश्वासको कारणले परमेश्वरले येशूका रगतद्वारा मानिसहरूलाई पापको क्षमा दिनुहुन्छ। उहाँ धार्मिक हुनुहुन्छ भन्ने देखाउनलाई परमेश्वरले यसो गर्नु भयो। आफ्नो धैर्यको कारणले परमेश्वरले मानिसहरूलाई तिनीहरूले गरेका पापहरूको निम्ति सजाय दिनु भएन। अहिले पनि उहाँ धार्मिक नै हुनुहुन्छ भन्ने देखाउन परमेश्वरले यसो गर्नु भयो। परमेश्वरले यस्तो देखाउन गर्नुभयो कि उहाँ न्यायी हुनुहुन्छ र येशूमा उनीहरूको विश्वासद्वारा मानिसहरूलाई धार्मिक पनि बनाउन सक्नु हुन्छ। यसकारण हामीले आफैंले त्यस्तो घमण्ड गर्ने कुनै ठाउँ छ? अँहँ, कुनै ठाउँ छैन। किन ठाउँ छैन? किनभने यो विश्वासको मार्ग हो अथवा व्यवस्थाको मार्ग हो।
रोमी 3:23-27 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
किनभने सबैले पाप गरेका छन् र परमेश्वरको महिमाबाट टाढिएका छन्। तर परमेश्वर दयालु हुनुहुन्छ र उहाँले अनुग्रह गरेर ख्रीष्टद्वारा मानिसलाई सित्तैंमा निर्दोष र ठीक ठहराउनुहुन्छ किनभने ख्रीष्ट येशूले सबैको साटो आफैंले सजाय भोगेर पापको कैदबाट मानिसलाई छुटाउनुभएको छ। परमेश्वरले ख्रीष्ट येशूलाई हाम्रो लागि प्रायश्चितको बलिदान स्वरूप दिनुभएर उहाँको रगत हाम्रो लागि बगाइएको हो भनी विश्वास गर्ने मानिसको पाप मेटिदिनुभएको छ। परमेश्वरले पापको सजाय ख्रीष्टमा दिएर आफैंलाई न्यायी देखाउनुभयो। परमेश्वरले ख्रीष्ट आउनुभन्दा पहिले आफ्नो रिस थामेर मानिसलाई पापको सजाय दिनुभएन। परमेश्वरले अब यो युगमा आफ्नो न्याय देखाउन मानिसहरूका पाप हटाएर तिनीहरूलाई निर्दोष ठहराउनुहुन्छ। यसरी येशूमा विश्वास गर्ने हरेकलाई उहाँले ठीक ठहराउनुहुन्छ र आफैं धर्मी हुनुहुन्छ। त्यसो भए केको बारेमा घमण्ड गर्ने? घमण्ड गर्ने त कुरै छैन। धर्म-कर्मले मानिसलाई घमण्डी तुल्याउँछ। तर ख्रीष्टमा विश्वास गर्दा आफ्नो धर्म-कर्ममा घमण्ड गर्ने कुरै आउँदैन।