रोमी 3:21-24

रोमी 3:21-24 पवित्र बाइबल (NERV)

तर अब व्यवस्था बिना नै मानिसहरूलाई धार्मिक बनाउने परमेश्वरको नयाँ बाटो देखा परेको छ। व्यवस्था र अगमवक्ताहरूले हामीलाई त्यस नयाँ बाटोको विषयमा भनेका छन्। परमेश्वरले हामीलाई येशू ख्रीष्टमा विश्वासको माध्यमद्वारा धर्मी बनाउनु हुन्छ। परमेश्वरले कुनै पक्षपात बिना नै सबैलाई धर्मी बनाउनु हुन्छ जसले ख्रीष्टमा विश्वास गर्छ। सबै मानिसहरूले पाप गरेका छन् अनि परमेश्वरको महिमासम्म पुग्न चुकेका छन्। मानिसहरू परमेश्वरको अनुग्रहद्वारा धर्मी बनाइए। यो सित्तैको उपहार हो। येशू ख्रीष्टको माध्यमद्वारा परमेश्वरले मानिसहरूलाई पापबाट मुक्त गराउँदै धर्मी बनाउनु हुन्छ।

शेयर गर्नुहोस्
रोमी 3 पढ्नुहोस्

रोमी 3:21-24 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

तर अहिले व्यवस्थाबिना परमेश्‍वरले मानिसलाई ठीक ठहराउनुहुन्‍छ भनी उहाँले देखाउनुभएको छ। यही कुरा व्यवस्था र अगमवक्ताहरूले बताएका छन्। यसरी परमेश्‍वरले येशू ख्रीष्‍टमा विश्‍वास गर्ने सबैलाई ठीक ठहराउनुहुन्‍छ किनभने उहाँले कसैलाई पनि छुट्याउनुहुन्‍न किनभने सबैले पाप गरेका छन् र परमेश्‍वरको महिमाबाट टाढिएका छन्। तर परमेश्‍वर दयालु हुनुहुन्‍छ र उहाँले अनुग्रह गरेर ख्रीष्‍टद्वारा मानिसलाई सित्तैंमा निर्दोष र ठीक ठहराउनुहुन्‍छ किनभने ख्रीष्‍ट येशूले सबैको साटो आफैंले सजाय भोगेर पापको कैदबाट मानिसलाई छुटाउनुभएको छ।

शेयर गर्नुहोस्
रोमी 3 पढ्नुहोस्