रोमी 3:1-4
रोमी 3:1-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अब यहूदीलाई के फाइदा छ त? अथवा खतनाको के मोल? हरप्रकारले यसमा ज्यादै लाभ छ। सर्वप्रथम त परमेश्वरको वाणी यहूदीहरूलाई सुम्पिएको हो। यदि तिनीहरूमध्ये कसैकसैले विश्वास गरेनन् भने, के भयो त? के तिनीहरूको अविश्वासले परमेश्वरको विश्वासयोग्यतालाई रद्द तुल्याउँछ र? त्यसो नहोस्, परमेश्वर सत्य र हरेक मानिस झूटो ठहरिओस्। जस्तो लेखिएको छ, “तपाईं आफ्ना वचनमा ठीक ठहरिनुहोस्, र इन्साफ हुँदा तपाईं विजयी हुनुहोस्।”
रोमी 3:1-4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यसो भए यहूदी हुनुमा के फाइदा छ र? अथवा खतनाको के महत्त्व छ? वास्तवमा धेरै फाइदाहरू छन्। सर्वप्रथम त परमेश्वरको प्रकाश यहूदीहरूलाई सुम्पिएको हो। केही व्यक्तिहरू विश्वासयोग्य भएनन् त के भयो? के तिनीहरूका अविश्वासयोग्यताले परमेश्वरको विश्वसनीयतालाई रद्द तुल्याउँछ र? वास्तवमा होइन! परमेश्वर सत्य ठहरिऊन्, र सबै मानिसहरू झूटा साबित होऊन्। यस्तो लेखिएको छ: “तपाईं जब बोल्नुहुन्छ, आफ्ना कुरामा साँचो प्रमाणित ठहरिनुहोस्, र तपाईंले न्याय गर्नुहुँदा विजयी हुनुहोस्।”
रोमी 3:1-4 पवित्र बाइबल (NERV)
यसकारण के यहूदीहरूमा अन्य गैर-यहूदीहरूमा नभएको कुरा छ त? खतनामा के विशेषता छ? हो, यहूदीहरूसँग धेरै विशेष कुराहरू छन्। मुख्य कुरा यो होः परमेश्वरले आफ्ना शिक्षाहरूबाट यहूदीहरूलाई विश्वास गर्नु भयो। यो सत्य हो कि कतिपय यहूदीहरू परमेश्वरको आज्ञाकारी थिएनन्। तर त्यसले के परमेश्वर भाकल पूरा गर्न रोक्नेछ? अँहँ! परमेश्वर सत्य भएरै रहनु हुन्छ, सबै मानिसहरू झूटो भए पनि। धर्माशास्त्रमा लेखिएको छ, “तिमीहरू आफ्ना वचनमा सच्चा प्रमाणित हुनेछौ जब बोल्दछौ, अनि तिमीहरूले जित्नेछौ जब तिनीहरूको न्याय हुनेछ।”
रोमी 3:1-4 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यसो भए यहूदी भएकोमा के फाइदा भयो त? के खतना हुँदैमा केही फाइदा छ? हरेक प्रकारले छ। सबैभन्दा पहिले परमेश्वरले यहूदीहरूलाई आफ्नो पवित्र वचन सुम्पिनुभयो। तर कति जना यो पवित्र वचन पालन नगरेर अविश्वासी बने भन्दैमा के परमेश्वरले आफ्नो वचन तोड्नुहुन्छ र? हुँदै होइन, मान्छे झूटो भए पनि परमेश्वर साँचो नै रहनुहुन्छ। जस्तो धर्मशास्त्रले भन्दछ, “तपाईंले बोल्नुभएको कुरामा तपाईं ठीक हुनुहुन्छ भनी मानिसहरूले देख्नेछन् अनि फैसला हुने बेला तपाईंकै जित हुनेछ,।”