बाइबल एप लोगो
खोज आइकन

रोमी 2:20 - सबै संस्करणहरू तुलना गर्नुहोस्

रोमी 2:20 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

मूर्खहरूलाई सुधार्छौ, अपरिपक्‍वहरूलाई शिक्षा दिन्‍छौ, किनभने व्‍यवस्‍थामा नै सम्‍पूर्ण बुद्धि र सत्‍यता प्राप्‍त गरेका छौ

शेयर गर्नुहोस्
रोमी 2 NNRV

रोमी 2:20 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

र मूर्ख मानिसहरूलाई ठीक कुरो सिकाउन सक्‍छौं भन्‍छौ। अन्‍जानहरूलाई शिक्षा दिने हामी नै हौं भन्‍छौ अनि परमेश्‍वरको व्यवस्था हामीसँगै भएकोले जान्‍नुपर्ने कुरा हामीलाई नै थाहा छ भनी दाबी पनि गर्दछौ।

शेयर गर्नुहोस्
रोमी 2 सरल नेपाली

रोमी 2:20 NERV (पवित्र बाइबल)

तिमीले आफूलाई ती अज्ञानी मानिसहरूलाई सही कुरा सिकाउने भनेर सम्झन्छौ। अनि तिमीहरू आफूलाई मानिसहरूका उपदेशक भनेर ठान्दछौ जसले धेरै सिक्नु परेको छ। तिमीहरूसँग व्यवस्था छ यसैले तिमीहरू सोच्दछौ की सबै कुराहरू जान्दछौं र सबै सत्य तिमीहरूसँगै छ।

शेयर गर्नुहोस्
रोमी 2 NERV

रोमी 2:19-20 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

दृष्‍टिविहीनलाई बाटो देखाउन सक्छु भन्‍ने तिमीमा निश्‍चयता छ। अन्धकारमा भएकाहरूका निम्ति ज्योति हुँ भनेर मान्छौ। आफूलाई मूर्खहरूका प्रशिक्षक र बालकहरूका शिक्षक भनी सम्झन्छौ। किनकि तिमीहरूले व्यवस्थाको ज्ञान र सत्यता पूर्ण रूपमा पाएका छौ।

शेयर गर्नुहोस्
रोमी 2 NCV