रोमी 2:2-3 - सबै संस्करणहरू तुलना गर्नुहोस्
रोमी 2:2-3 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
यस्ता काम गर्नेहरूमाथि परमेश्वरको इन्साफ ठीकसँग पर्छ भनेर हामी जान्दछौं। ए मानिस, तिमीले यस्ता काम गर्नेहरूलाई दोष लाउँछौ, र आफै पनि त्यही काम गर्छौ भने, के परमेश्वरको इन्साफबाट उम्कन्छु भन्ने तिमी ठान्छौ?
रोमी 2:2-3 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरले पनि यस्ता काम गर्ने मानिसहरूलाई सत्यको आधारमा दोषी ठहराउनुहुन्छ भन्ने हामीलाई थाहा छ। हे मित्र, तिमीहरूले यस्ता काम गर्ने मानिसहरूलाई दोषी ठहराउँछौ तर आफू भने त्यस्तै काम गर्छौ। के परमेश्वरले तिमीलाई दोषी ठहराउनुहुँदा तिमी उम्किन सक्छौ?
रोमी 2:2-3 NERV (पवित्र बाइबल)
ज-जसले नराम्रा कामहरू गर्छन् उनीहरूलाई परमेश्वरले न्याय गर्नुहुन्छ। अनि हामी जान्दछौं कि परमेश्वरको न्याय ठीक हुँदछ। तिमीहरूले पनि ती गल्ती काम गर्नेलाई जाँच गर्छौ। तर तिमी आफैं पनि त्यस्तै नराम्रो काम गरिरहेका हुन्छौ। यसैले तिमीहरूलाई थाहा छ कि परमेश्वरले निश्चय न्याय गर्नुहुनेछ अनि त्यसबाट तिमीहरू भाग्न पाउने छैनौ।
रोमी 2:2-3 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हामी जान्दछौँ, यस्ता काम गर्नेहरूका विरुद्ध परमेश्वरले सत्यताअनुसार न्याय गर्नुहुन्छ। यसकारण, ए मानिस, तिमी अरूलाई न्याय गर्दछौ र आफूले चाहिँ त्यही काम गर्छौ भने के तिमी परमेश्वरको न्यायदेखि उम्कन सक्छौ भनी सम्झन्छौ?