रोमी 2:14-15 - Compare All Versions

रोमी 2:14-15 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

किनकि व्‍यवस्‍था नहुने अन्‍यजातिहरू स्‍वाभावैले व्‍यवस्‍थाअनुसारका काम गर्दछन्‌ भने, तिनीहरूको व्‍यवस्‍था नभए तापनि तिनीहरू आफ्‍ना निम्‍ति आफै व्‍यवस्‍था हुन्‍छन्‌। व्‍यवस्‍थाले चाहेका कुराहरू आफ्‍ना हृदयमा लेखिएका तिनीहरू देखाउँछन्, र तिनीहरूको आफ्‍नै विवेकले पनि गवाही दिन्‍छ, र तिनीहरूका विचारहरूले कहिले तिनीहरूलाई दोष्‍याउँछन्, र कहिले समर्थन गर्छन्‌।

शेयर गर्नुहोस्
रोमी 2 NNRV

रोमी 2:14-15 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

अन्यजातिका मानिसहरूसँग यहूदीहरूको व्यवस्था छैन। तर तिनीहरूले स्‍वभावैले व्यवस्थाका कुरा पालन गर्छन्। यी पालन गरेका कुराले नै तिनीहरू आफैँ व्यवस्था हुन् भन्‍ने देखाउँछ। तिनीहरूका हृदयमा व्यवस्थाले चाहेको कुरा लेखिएको छ भनी आफ्‍ना चालचलनले देखाउँछन्। त्‍यसो हुँदा तिनीहरूको विवेकले कुनै बेला आफूलाई दोष लगाउने र कुनै बेला आफ्‍नो लागि बहाना गर्ने गर्छ।

शेयर गर्नुहोस्
रोमी 2 सरल नेपाली

रोमी 2:14-15 NERV (पवित्र बाइबल)

गैर-यहूदीहरूसँग व्यवस्थानै छैन। तर जब उनीहरूले व्यवस्था अनुरूपका कुराहरू स्वभावतः गर्छन् भने तिनीहरूसँग व्यवस्था नभए ता पनि व्यवस्था भएकै बराबर हो। किनकि तिनीहरूले सिद्ध गर्छन कि व्यवस्थाले भने अनुसारको कुरा उनीहरूको हृदयमा लेखिएको हुन्छ। र उनीहरूका विवेकले पनि उनीहरूलाई त्यसै भन्छ। अनि उनीहरूको कर्म अनुसारका विचारहरूले तिनलाई दोष्याउँछन वा समर्थन गर्छन्।

शेयर गर्नुहोस्
रोमी 2 NERV

रोमी 2:14-15 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

वास्तवमा जब गैरयहूदीहरू व्यवस्थाविना पनि स्वभावैले व्यवस्थाअनुसार चल्दछन्, तब तिनीहरूमा व्यवस्था नभए तापनि तिनीहरू आफैँ व्यवस्था हुन्छन्। तिनीहरू परमेश्‍वरको व्यवस्था तिनीहरूका हृदयमा लेखिएको देखाउँछन्। तिनीहरूका आफ्नै विवेकले पनि गवाही दिन्छ, र कहिले तिनीहरूको विचारले तिनीहरूलाई दोष्याउँछ, र कहिले तिनीहरूले गरेका कामको समर्थन गर्छ।

शेयर गर्नुहोस्
रोमी 2 NCV