रोमी 2:1-4
रोमी 2:1-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसकारण अर्कालाई दोष लाउने ए मानिस, तिमी जोसुकै भए तापनि, केही बहाना छैन, किनकि जेमा तिमी अर्कालाई दोष लगाउँछौ, त्यसैमा आफै पनि दोषी ठहरिनेछौ, किनभने तिमी दोष लाउनेले पनि त्यही काम गर्छौ। यस्ता काम गर्नेहरूमाथि परमेश्वरको इन्साफ ठीकसँग पर्छ भनेर हामी जान्दछौं। ए मानिस, तिमीले यस्ता काम गर्नेहरूलाई दोष लाउँछौ, र आफै पनि त्यही काम गर्छौ भने, के परमेश्वरको इन्साफबाट उम्कन्छु भन्ने तिमी ठान्छौ? अथवा परमेश्वरको कृपाले तिमीलाई पश्चात्तापमा डोर्याउँछ भन्ने थाहा नपाएर, के तिमी उहाँको दया, सहनशीलता र धैर्यको प्रशस्ततालाई तुच्छ ठान्छौ?
रोमी 2:1-4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसकारण ए मानिस, तिमी जोसुकै भए तापनि तिमीलाई केही बहाना छैन। किनभने तिमी जुन कुरामा अरूलाई दोष लगाउँछौ, त्यही कुरामा आफूलाई पनि दोषी तुल्याइरहेका छौ। किनकि जुन कुराको निम्ति अरूलाई दोषी तुल्याउँछौ, तिमी दोष लाउनेले पनि त्यही काम गरिरहेका हुन्छौ। हामी जान्दछौँ, यस्ता काम गर्नेहरूका विरुद्ध परमेश्वरले सत्यताअनुसार न्याय गर्नुहुन्छ। यसकारण, ए मानिस, तिमी अरूलाई न्याय गर्दछौ र आफूले चाहिँ त्यही काम गर्छौ भने के तिमी परमेश्वरको न्यायदेखि उम्कन सक्छौ भनी सम्झन्छौ? अथवा परमेश्वरको दयाले तिमीलाई पश्चात्तापमा डोर्याउँछ भन्ने कुराको आभाष नगरी, तिमी परमेश्वरको दयाको प्रचुरता, सहनशीलता र धैर्यतालाई तुच्छ ठान्छौ?
रोमी 2:1-4 पवित्र बाइबल (NERV)
यदि तिमीले अरूलाई जाँच गर्न सक्छु भनेर सोच्छौ भने, तब तिमी भूल धारणामा छौ। तिमी पनि पापको दोषी छौ। तिमीले अरू मानिसहरूलाई जाँच गर्छौ तर तिमीले पनि त्यस्तै नराम्रो कामहरू गरेका हुन्छौ। यसकारण जब तिमी तिनीहरूलाई जाँच गर्छौ तब तिमी आफैंले आफूलाई जाँच गरिरहेका हुनेछौ। ज-जसले नराम्रा कामहरू गर्छन् उनीहरूलाई परमेश्वरले न्याय गर्नुहुन्छ। अनि हामी जान्दछौं कि परमेश्वरको न्याय ठीक हुँदछ। तिमीहरूले पनि ती गल्ती काम गर्नेलाई जाँच गर्छौ। तर तिमी आफैं पनि त्यस्तै नराम्रो काम गरिरहेका हुन्छौ। यसैले तिमीहरूलाई थाहा छ कि परमेश्वरले निश्चय न्याय गर्नुहुनेछ अनि त्यसबाट तिमीहरू भाग्न पाउने छैनौ। के तिमी परमेश्वरको दया, सहनशीलता र धैर्यलाई नकार्न सक्छौ? के तिमीहरू उहाँको दया तिमीहरूकै हृदय र जीवन परिवर्तनको निम्ति हो भन्ने कुरालाई अमान्य ठान्छौ?
रोमी 2:1-4 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यसो भए हे मित्र, के तिमी अरूलाई दोष लगाउँछौ? तिमीहरू जोसुकै भए पनि दोषी छैनौं भनी बहाना गर्ने ठाउँ नै छैन। अर्कालाई दोष लगाउने तिमीले आफैंलाई दोषी ठहराहँदै छौ किनभने अरूलाई जुन कामको दोष लगाउँछौ, त्यही काम तिमीहरू पनि गर्छौ। परमेश्वरले पनि यस्ता काम गर्ने मानिसहरूलाई सत्यको आधारमा दोषी ठहराउनुहुन्छ भन्ने हामीलाई थाहा छ। हे मित्र, तिमीहरूले यस्ता काम गर्ने मानिसहरूलाई दोषी ठहराउँछौ तर आफू भने त्यस्तै काम गर्छौ। के परमेश्वरले तिमीलाई दोषी ठहराउनुहुँदा तिमी उम्किन सक्छौ? कि उहाँको प्रेमलाई तुच्छ ठान्छौ? उहाँले धैर्यसाथ पर्खनुहुन्छ र तिम्रो हृदय उहाँतिर फर्काउन खोज्नुहुन्छ।