रोमी 15:9-13
रोमी 15:9-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यस हेतुले कि अन्यजातिहरूले उहाँका कृपाको निम्ति परमेश्वरको महिमा गरून्। जस्तो लेखिएको छ, “यसैकारण अन्यजातिहरूका बीचमा म तपाईंको प्रशंसा गर्नेछु, र तपाईंका नाउँको स्तुति गाउनेछु।” र फेरि यस्तो भनिएको छ, “ए अन्यजाति हो, उहाँको प्रजासँग आनन्द मनाओ।” र फेरि, “ए सारा अन्यजाति हो, प्रभुको प्रशंसा गर, र सबै मानिसहरूले उहाँको प्रशंसा गरून्।” र फेरि यशैया भन्दछन्, “यिशैको वंशबाट एक जना आउनुहुनेछ, उहाँले अन्यजातिहरूमाथि शासन गर्नुहुनेछ, उहाँमाथि अन्यजातिहरूले आशा राख्नेछन्।” आशाका परमेश्वरले तिमीहरूलाई विश्वासद्वारा सम्पूर्ण आनन्द र शान्तिले भरिपूर्ण गरिदेऊन्, यस हेतुले कि पवित्र आत्माको शक्तिले तिमीहरू आशामा प्रशस्त हुन सक।
रोमी 15:9-13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
गैरयहूदीहरूले परमेश्वरको कृपाको लागि उहाँको महिमा गरून् भनेर यसरी लेखिएको छ: “यसकारण म गैरयहूदीहरूको बीचमा तपाईंको प्रशंसा गर्नेछु; म तपाईंको नामको प्रशंसा गाउनेछु।” फेरि यसो भनिएको छ, “तिमी गैरयहूदीहरू, उहाँको प्रजासँग आनन्द मनाओ।” अनि फेरि, “प्रभुको स्तुति गर; हे सबै गैरयहूदीहरू हो, र पृथ्वीका सबै जातिहरू हो, उहाँको प्रशंसा गर।” अनि फेरि यशैयाले भन्दछन्, “यिशैको वंशमा एक जना सन्तान प्रकट हुनुहुनेछ, जो सबै राष्ट्रहरूमाथि शासन गर्न खडा हुनुहुनेछ; अनि उहाँमाथि गैरयहूदीहरूले आशा गर्नेछन्।” उहाँमाथि विश्वास गरेको कारणले आशाका परमेश्वरले तिमीहरूलाई आनन्द र शान्तिले भरिदेऊन्, ताकि पवित्र आत्माको शक्तिद्वारा तिमीहरू आशामा प्रशस्त हुन सक।
रोमी 15:9-13 पवित्र बाइबल (NERV)
ख्रीष्ट सेवक बन्नु भयो ताकि गैर-यहूदीहरूले परमेश्वरप्रति उहाँको करूणाको प्रशंसा गरून्। धर्मशास्त्रले भन्छः “यसैले म गैर-यहूदीहरूमा तिमीहरूलाई धन्यवाद दिनेछु, म तिमीहरूको नामको स्तुति गाउनेछु।” धर्मशास्त्रले यसो पनि भन्छ, “तिमी गैर-यहूदीहरू परमेश्वरका मानिसहरूसँगै खुशी होऊ।” अनि फेरि त्यसले भन्छः “तिमीहरू सबै गैर-यहूदीहरू! परमप्रभूको प्रशंसा गर। सबैले उहाँको प्रशंसा गर्नुपर्छ।” अनि यशैयाले भनेका छन्, “एकजना मानिस यस्सीका परिवारबाट आउने छन्। ती मानिसले अ-यहूदीहरूमाथि राज गर्नेछन्, अनि ती मानिसको कारणले गैर-यहूदीहरूले आशा प्राप्त गर्नेछन्।” तिमीहरूले परमेश्वरमा विश्वास गर्ने हुनाले, परमेश्वर जो आशाको मुहान हुनुहुन्छ, उहाँले तिमीहरूलाई आनन्द र शान्तिले पूर्ण गरून्। तब तिमीहरूको आशा पवित्र आत्माको शक्तिद्वारा परिपूर्ण बन्नेछ।
रोमी 15:8-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
किनभने म तिमीलाई भन्दछु, परमेश्वर सत्य हुनुहुन्छ र हाम्रा पिता-पुर्खालाई दिनुभएको प्रतिज्ञा पूरा गर्न कहिले पनि चुक्नुहुन्न। यही कुरो बुझाउन र अन्यजातिका मानिसहरूले पनि परमेश्वरको दयाको लागि उहाँलाई प्रशंसा गरून् भनेर ख्रीष्टले यहूदीहरूको सेवा गर्नुभयो। धर्मशास्त्रमा यसरी लेखिएको छ, “यसैकारण म अन्यजातिको माझमा तपाईंको प्रशंसा गर्नेछु अनि तपाईंकै नाउँको स्तुति गाउनेछु।” फेरि लेखिएको छ, “ए अन्यजातिका मानिसहरू हो, परमेश्वरले छान्नुभएको मानिसहरूसँग मिलेर रमाओ।” अनि फेरि भनिन्छ, “अन्यजातिका मानिसहरू हो, प्रभुकै प्रशंसा गर, सबै जातिजातिका मानिसहरू हो, प्रभुकै प्रशंसा गर।” फेरि अगमवक्ता यशैयाले पनि आउनुहुने ख्रीष्टको बारेमा यसो भनेका छन्, “दाऊद राजाको वंशमा एक जना सन्तान आउनेछन्, उनी अन्यजातिका मानिसमाथि राज गर्न राजा हुनेछन् अनि अन्यजातिका मानिसहरूले आफ्नो आशा उनैमा राख्नेछन्।” आशा दिने परमेश्वरमा तिमीहरूले विश्वास राखेका छौ। उहाँले नै तिमीहरूलाई आनन्द र शान्तिले भरिदेऊन्। त्यसै गरी पवित्र आत्माको शक्तिले तिमीहरूको आशा बढ्दै-बढ्दै जाओस्।