Skip to content
बाइबल एप लोगो

रोमी 15:9 - सबै संस्करणहरू तुलना गर्नुहोस्

रोमी 15:9 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

यस हेतुले कि अन्‍यजातिहरूले उहाँका कृपाको निम्‍ति परमेश्‍वरको महिमा गरून्‌। जस्‍तो लेखिएको छ, “यसैकारण अन्‍यजातिहरूका बीचमा म तपाईंको प्रशंसा गर्नेछु, र तपाईंका नाउँको स्‍तुति गाउनेछु।”

शेयर गर्नुहोस्
रोमी 15 NNRV

रोमी 15:8-9 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

किनभने म तिमीलाई भन्‍दछु, परमेश्‍वर सत्‍य हुनुहुन्‍छ र हाम्रा पिता-पुर्खालाई दिनुभएको प्रतिज्ञा पूरा गर्न कहिले पनि चुक्‍नुहुन्‍न। यही कुरो बुझाउन र अन्यजातिका मानिसहरूले पनि परमेश्‍वरको दयाको लागि उहाँलाई प्रशंसा गरून् भनेर ख्रीष्‍टले यहूदीहरूको सेवा गर्नुभयो। धर्मशास्‍त्रमा यसरी लेखिएको छ, “यसैकारण म अन्यजातिको माझमा तपाईंको प्रशंसा गर्नेछु अनि तपाईंकै नाउँको स्‍तुति गाउनेछु।”

शेयर गर्नुहोस्
रोमी 15 सरल नेपाली

रोमी 15:9 NERV (पवित्र बाइबल)

ख्रीष्ट सेवक बन्नु भयो ताकि गैर-यहूदीहरूले परमेश्वरप्रति उहाँको करूणाको प्रशंसा गरून्। धर्मशास्त्रले भन्छः “यसैले म गैर-यहूदीहरूमा तिमीहरूलाई धन्यवाद दिनेछु, म तिमीहरूको नामको स्तुति गाउनेछु।”

शेयर गर्नुहोस्
रोमी 15 NERV

रोमी 15:9 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

गैरयहूदीहरूले परमेश्‍वरको कृपाको लागि उहाँको महिमा गरून् भनेर यसरी लेखिएको छ: “यसकारण म गैरयहूदीहरूको बीचमा तपाईंको प्रशंसा गर्नेछु; म तपाईंको नामको प्रशंसा गाउनेछु।”

शेयर गर्नुहोस्
रोमी 15 NCV