रोमी 15:8 - सबै संस्करणहरू तुलना गर्नुहोस्
रोमी 15:8 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
म तिमीहरूलाई भन्दछु, हाम्रा पूर्वजहरूलाई दिइएका प्रतिज्ञाहरूको पुष्टि गर्नका निम्ति परमेश्वरको सत्यतालाई प्रकट गर्न ख्रीष्ट खतना भएकाहरूको दास बन्नुभयो
रोमी 15:8-9 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
किनभने म तिमीलाई भन्दछु, परमेश्वर सत्य हुनुहुन्छ र हाम्रा पिता-पुर्खालाई दिनुभएको प्रतिज्ञा पूरा गर्न कहिले पनि चुक्नुहुन्न। यही कुरो बुझाउन र अन्यजातिका मानिसहरूले पनि परमेश्वरको दयाको लागि उहाँलाई प्रशंसा गरून् भनेर ख्रीष्टले यहूदीहरूको सेवा गर्नुभयो। धर्मशास्त्रमा यसरी लेखिएको छ, “यसैकारण म अन्यजातिको माझमा तपाईंको प्रशंसा गर्नेछु अनि तपाईंकै नाउँको स्तुति गाउनेछु।”
रोमी 15:8 NERV (पवित्र बाइबल)
म तिमीहरूलाई भन्दछु कि परमेश्वरको विश्वासनीयताको निम्ति र यहूदी पुर्खाहरूलाई आफूले दिनुभएको प्रतिज्ञालाई पक्का गर्नका निम्ति ख्रीष्ट यहूदीहरूका सेवक बन्नु भयो।
रोमी 15:8 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिमीहरूलाई भन्दछु, परमेश्वरको सत्यताका लागि ख्रीष्ट यहूदीहरूको सेवा गर्न आउनुभयो, ताकि हाम्रा पूर्वजहरूलाई दिइएको प्रतिज्ञा निश्चित हुन सकोस्।