रोमी 14:8-12

रोमी 14:8-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

यदि हामी बाँच्‍छौं भने प्रभुकै निम्‍ति बाँच्‍छौं, र मर्छौं भने प्रभुकै निम्‍ति मर्छौं। चाहे हामी बाँचौं, चाहे मरौं, हामी प्रभुकै हौं। यसैको निम्‍ति ख्रीष्‍ट मर्नुभयो र फेरि जीवित हुनुभयो, कि उहाँ मरेकाहरू र जीवितहरू दुवैका प्रभु होऊन्‌। तिमी किन आफ्‍नो भाइको इन्‍साफ गर्छौ? अथवा तिमी आफ्‍नो भाइलाई किन तुच्‍छ ठान्‍छौ? किनभने हामी सबै परमेश्‍वरका न्‍याय-आसनको सामने खड़ा हुनेछौं। किनकि लेखिएको छ, “प्रभु भन्‍नुहुन्‍छ, ‘जस्‍तो म जीवित छु, प्रत्‍येक घुँड़ा मेरो सामने टेकिनेछ, र हरेक जिब्रोले परमेश्‍वरको प्रशंसा गर्नेछ’।” यसैले हामी हरेकले परमेश्‍वरलाई आफ्‍नो लेखा दिनेछौं।

शेयर गर्नुहोस्
रोमी 14 पढ्नुहोस्

रोमी 14:8-12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

यदि हामी जिउँछौँ त प्रभुको निम्ति जिउँछौँ; यदि मर्छौँ त प्रभुको निम्ति मर्छौँ। यसकारण हामी चाहे जिऔँ वा मरौँ, हामी प्रभुकै हौँ। किनकि यही विशेष कारणले ख्रीष्‍ट मर्नुभयो, र फेरि पुनर्जीवित हुनुभयो, ताकि उहाँ जीवित र मृतक दुवैका प्रभु होऊन्। तब तिमी किन आफ्नो दाजुभाइ वा दिदीबहिनीको न्याय गर्दछौ? अथवा तिनीहरूलाई किन तुच्छ ठान्दछौ? किनकि हामी सबै परमेश्‍वरको न्याय आसनको अगि उभिनेछौँ। धर्मशास्त्रमा यसरी लेखिएको छ: “ ‘म जीवित भएझैँ,’ प्रभु भन्‍नुहुन्छ, ‘मेरो सामु हरेक घुँडा टेकिनेछ; हरेक जिब्रोले परमेश्‍वरलाई स्वीकार गर्नेछ।’ ” यसकारण हामी प्रत्येकले आफ्नो हिसाब परमेश्‍वरलाई दिनुपर्नेछ।

शेयर गर्नुहोस्
रोमी 14 पढ्नुहोस्

रोमी 14:8-12 पवित्र बाइबल (NERV)

यदि हामी बाँच्छौ भने प्रभुको लागि बाँचिरहेकाछौं। अनि यदि हामी मर्छौं भने, हामी प्रभुको लागि मर्दछौं। यसैले हामी मरौं कि हामी बाँचौ हामी प्रभुकै हौं। यही कारणले गर्दा ख्रीष्ट मर्नुभयो र मृत्युबाट बाँच्नु भयो। ख्रीष्टले त्यसै गर्नुभयो र उहाँ मरेकाहरूको लागि पनि र बाँचेकाहरूको लागि पनि प्रभु हुनसक्नु भयो। तब तिमी ख्रीष्टमा भाइ भनेर किन जाँच्छौ? अथवा तिमीले आफूलाई आफ्ना दाज्यू-भाइ भन्दा ठूला किन ठान्छौं? हामी सबैजना परमेश्वरका सम्मुख उभिनु पर्छ। अनि उहाँले हामी सबैलाई जाँच्नु हुन्छ। हो, धर्मशास्त्रमा लेखिएको छः “‘जसरी म जिबित छु,’ परमप्रभु भन्नु हुन्छ, ‘प्रत्येक मानिस मेरो सामु झुक्नेछ; अनि प्रत्तेकले मलाईनै परमप्रभु हुन् भन्नेछन्।’” यसकारण हामी प्रत्येकले परमेश्वरको अघाडी आफ्नो हिसाब दिनु पर्नेछ।

शेयर गर्नुहोस्
रोमी 14 पढ्नुहोस्

रोमी 14:8-12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

हामी बाँचे पनि प्रभुकै लागि बाँच्‍तछौं र मरे पनि प्रभुकै लागि मर्दछौं। त्‍यसो हुँदा हामी मरे पनि बाँचे पनि प्रभुकै हौं। यसकारण ख्रीष्‍ट मरेका र बाँचेका सबैका प्रभु हुन मर्नुभयो र फेरि जिउनु पनि भयो। त्‍यसो भए तिमीहरू आफ्‍नो ख्रीष्‍टियान भाइलाई किन दोष लगाउँछौ त? अनि किन आफ्‍नो भाइलाई होच्‍याउँछौ? हामी सबै परमेश्‍वरको न्‍यायालयमा खडा हुनेछौं। धर्मशास्‍त्रमा लेखिएको छ, “प्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ, ‘म जीवित भएझैँ साँच्‍चै भन्‍दछु, सबै मानिसहरू मेरो अघि झुक्‍नेछन्, सबैले मलाई परमेश्‍वर भनी मान्‍नेछन्’। त्‍यसो हुँदा हामीहरू सबैले आ-आफ्‍नो हिसाब परमेश्‍वरलाई बुझाउनुपर्छ।

शेयर गर्नुहोस्
रोमी 14 पढ्नुहोस्